२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

समर बजार

राजु चौधरी

गर्मी मौसमलाई लक्षित गरी सीजी इलेक्ट्रोनिक्सले विभिन्न मोडलका एसी, फ्रिज, फ्यान, कुलरलगायत उत्पादन विस्तार गरिरहेको छ । कम्पनीका अनुसार सहरी क्षेत्रमा एसी र फ्रिजको माग धेरै बढेको छ । गाउँमा पनि माग बढ्दै गएको कम्पनीले जनाएको छ ।

समर बजार

सीजी इलेक्ट्रोनिक्सका समर अप्लाइन्सेस 

तराईमा गर्मी दैनिक बढ्दै गएकाले बिक्री पनि सोहीअनुसार भएको सीजी इलेक्ट्रोनिक्सका बजार प्रमुख सञ्जयराज भण्डारीले बताए । गत वर्षको तुलनामा उत्पादन र बिक्री बढेको उनले बताए । ‘तराईमा गर्मी दैनिक बढ्दो छ । फ्यान, कुलरलगायतको बिक्री सिजन पनि हो । उपत्यकाबाहिर बिक्री बढेको छ,’ उनले भने, ‘सोहीअनुसार उत्पादन पनि बढाएका छौं ।’ राजभण्डारीका अनुसार एलजीको एसी र फ्रिजको बिक्री बढेको छ । सीजीको एसी, फ्यान, कुलर, फ्रिजको माग बढेको कम्पनीले जनाएको छ । एसीको माग होटल तथा मलहरूमा बढी भएको उनले बताए । ‘समग्रमा करिब २० प्रतिशतले बढेको छ,’ उनले भने । ग्राहकको आवश्यकता र क्षमताअनुसार विभिन्न गुणस्तर र मूल्यमा फ्रिज उपलब्ध रहेकाले माग तथा उपयोग बढेको उनको भनाइ छ ।
०००
शिखरको क्रेजी सेल मेला 
गर्मी मौसमलाई लक्षित गर्दे शिखर सुज इन्डिस्ट्रिज प्रालिले भृकुटीमण्डपको प्रदर्शनीस्थलमा क्रेजी सेल मेला आयोजना गरेको छ । मेलामा गर्मीलाई लक्षित गरी नयाँ डिजाइनका जुत्ता/चप्पल राखिएको छ । क्याजुअल, स्पोर्टस, बुट, स्कुल तथा कलेजका युनिफर्म जुत्ता र विभिन्न मोडलका लेडिज चप्पल राखिएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईका अनुसार जुत्ताको खरिदमा ८५ प्रतिशतसम्म छुट दिइएको छ । मेलामा ५ सय रुपैयाँमा दुई जोर लेडिज चप्पल किन्न पाइन्छ । ८ सय रुपैयाँमा पुरुषको दुई जोर चप्पल किन्न पाइने उनले बताए । ७ सय रुपैयाँमा दुई जोर कपडाको जुत्ता पाइने उनले बताए । ‘सेल मेलामा छुटैछुट दिएका छांै । ग्राहकले १ हजार रुपैयाँमा छानीछानी जुत्ता किन्न सक्नेछन्,’ उनले भने । 
०००
तराईमा सूर्यका उपकरण 
गोयन्का ग्रुपले विभिन्न मोडलका सूर्य फ्यान, एयरकुलर, फ्रिज बिक्री गर्दै आएको छ । कम्पनीका उत्पादन तराईमा केन्द्रित गरेकाले बजार विस्तार हुँदै गएको कम्पनीको भनाइ छ । कम्पनीका रिलेसनसिप म्यानेजर अजय गोयन्काका अनुसार ग्राहकले फ्यान र फ्रिज धेरै रुचाएका छन । ‘बजारमा मार्केटिङ गरेको करिब एक वर्ष भयो । तराईकेन्द्रित गरेका छौं,’ उनले भने, ‘यस अवधिमा अपेक्षाभन्दा धेरै राम्रो भएको छ ।’ उनका अनुसार नारायणघाटदेखि सुदूरपश्चिमसम्म बजार छ । पूर्वतिरका जिल्लामा पनि केन्द्रित गरेको उनले बताए । हाल उपत्यकामा पनि राम्रो बिक्री भएको कम्पनीले जनाएको छ । गोयन्का ग्रुप सूर्य फ्यान र सेलो एयरकुलरको आधिकारिक विक्रेता हो । कम्पनीले आफ्नो उत्पादनको मोडलअनुसार मूल्य निर्धारण गरेको जनाएको छ । 
०००
स्लिपवेलको एक्सचेन्ज अफर
आरएस इन्टरप्राइजेज लिमिटेडले स्लिपवेल म्याट्रेस (डस्ना) मा एक्सचेन्ज अफर ल्याएको छ । गर्मी मौसमलाई लक्षित गरी अफर सार्वजनिक गरेको कम्पनीका निर्देशक सपन कनोडियाले बताए । योजनाअनुसार ग्राहकले जुनसुकै पुरानो डस्ना ल्याउँदा करिब ३२ सय रुपैयाँसम्मको छुट पाइने जनाएको छ । यसका साथै एउटा तकिया पनि दिएको जनाएको छ । कम्पनीले ७ हजारदेखि ५० हजार रुपैयाँसम्ममा डस्ना बिक्री गर्दै आएको छ । अफर दिएपछि व्यापार थप बढेको उनले बताए । ‘हाल डस्नाको बजारमा राम्रो छ । सर्वसाधारणलाई सहज बनाउन अफरको योजना सार्वजनिक गरेका छौं,’ उनले भने । 
०००
छुटमा ‘इन्डस्ट्रियल’ पंखा 
अमन ट्रेड लिकले इन्डस्ट्रियल पंखा बिक्री गर्दै आएको छ । कम्पनीका प्रोपाइटर अनिल गाडियाका अनुसार ८ वर्षमा करिब १० हजारवटा बिक्री भएको छ । इन्डस्ट्रियल पंखा उद्योग, पार्टी प्यालेस, भीडभाड ठाउँमा प्रयोग हुन्छ । यसको उद्देश्य तातो हावा, धूवाँ, धूलोलाई निकास दिनु रहेको जनाएको छ । ‘यो पंखा हावाले चल्छ । जसले गर्दा विद्युत् बचत हुन्छ । यो शतप्रतिशत सफल उत्पादन हो,’ उनले भने । उनका अनुसार एउटा पंखाले दुई हजार रुपैयाँ बराबरको विद्युत् बचत गर्छ । यो पंखाको आयु ८ वर्षसम्म हुन्छ । कम्पनीले ४ थरीका पंखा बिक्री गर्दै आएको उनले बताए । यसको अधिकतम मूल्य १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । सर्वसाधारणलाई छुटको व्यवस्था पनि गरेको जनाएको छ । 
०००
स्काई वर्थ गाउँ–गाउँसम्म 
स्काई वर्थले गर्मी मौसमका लागि फ्रिजर, वासिङ मेसिन र एसी बिक्री गरिरहेको छ । कम्पनीका मार्केटिङ म्यानेजर रोसी श्रेष्ठका अनुसार स्काई वर्थका उत्पादन गुणस्तरीय भएकाले सर्वसाधरणले रुचाएका छन् । ‘उत्पादनहरू आकर्षक डिजाइन र बलिया छन् । एक वर्षका लागि वारेन्टी पनि दिएका छांै,’ श्रेष्ठले भने, ‘उपभोक्ताले रुचाएका कारण उत्पादन वृद्धि उच्च छ ।’ गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी भएको उनले बताए । कम्पनीले राम्रो सेवा दिएकाले ग्राहकले रुचाएको उनको दाबी छ । ‘कम्पनीले गाउँ–गाउँसम्म सेवा दिएका् छ । उत्पादन गरेका सामानमा कुनै गुनासो आएको छैन । मूल्य पनि सस्तो छ,’ उनले भने, ‘जसले गर्दा बिक्री बढेको छ ।’ उनले फ्रिजर, वासिङ मेसिन र एसीमा मोडलअनुसार मूल्य तोकेको बताए । 
०००
२० प्रतिशत व्यापार बढ्यो : भोल्टाज 
भोल्टाज एसीको आधिकारिक विक्रेता टेक्नोट्रेड कम्पनीले गर्मीमा माग बढेको जनाएको छ । भोल्टाज भारतमा पनि चलेको ब्रान्ड भएकाले यहिा पनि रुचाइएको कम्पनीका निर्देशक सुमित अग्रवालले बताए । ‘यो एसी, कुलरको बिक्री हुने समय हो । तराईमा गर्मी बढेको छ । सोहीअनुसार एसीको बिक्री पनि बढेको छ,’ उनले भने, ‘गत वर्षको तुलनामा कारोबार उत्साहजनक छ ।’ व्यापार २० प्रतिशतले बढेको उनले बताए । 
भोल्टाज ब्रान्डका एसीले बिजुलीको खपत कम हुने दाबी कम्पनीको छ । भोल्टाज ५ स्टार इनर्जी रेटेड एसी भएको अग्रवालले बताए । ‘अन्य एसीको हकमा यसले कम बिजुली खपत गर्छ । मूल्य पनि प्रतिस्पर्धी नै छ । भारतीय एसी भएकाले पनि स्पेयर पार्टसहरू पनि सजिलै उपलब्ध छन्,’ उनले भने, ‘त्यसैले रुचाएका छन् ।’ चिनियाँ ब्रान्डको तुलनामा केही महँगो भए पनि गुणस्तर राम्रो भएको उनको दाबी छ । यो भारतको टाटा ब्रान्डको उत्पादन हो । उत्पादनमा एक वर्षको वारेन्टी दिएको जनाएको छ । 
०००
यती बु्रअरीको ‘अर्ना लाइट र अर्ना स्ट्रङ’ बजारमा
यती ब्रुअरीले अर्ना लाइट र अर्ना स्ट्रङ बियर बजारमा ल्याएको छ । अर्ना लाइट नेपालको पहिलो र एक मात्र लो–क्यालोरी बियर हो । उक्त बियरलाई ‘हाई अन फन, लो अन क्यालोरी’ भन्ने सन्देशले बजारमा ल्याएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले क्यालोरी र कार्बनको मात्रा घटाई उपभोक्ताको फिटनेसमा पनि विशेष ध्यान दिएको बताएको छ । 
‘एक्स्टा्र क्यालोरी तथा कार्बनको मात्रा घटाउन बियरलाई २५ प्रतिशतसम्म बढी ब्रिउ गरिएको छ । सामान्य माइल्ड बियरको तुलनमा अर्ना लाइटमा क्यालोरी २० र कार्बन ३४ प्रतिशत कम छ,’ विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार यी बियरहरू ६५० मिलिका छन् । अर्ना लाइटमा ४.६ प्रतिशत र अर्ना स्ट्रङमा ६.५ प्रतिशत अल्कोहल रहेको जनाएको छ । 

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?