कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘छक्का पञ्जा’ उत्कृष्ट

ग्लोबल अवार्ड
दिनेशजंग शाह

न्युयोर्क — दोस्रो खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा ‘छक्का पञ्जा’ उत्कृष्ट घोषित भएको छ । दक्षिण पश्चिमी अमेरिकी राज्य कोलोराडोको डेनभर सहरमा शनिबार राति आयोजित कार्यक्रममा व्यावसायिक सफलता हासिल गरेको ‘छक्का पञ्जा’ ले फिल्म निर्देशनतर्फको अवार्ड पनि हात पारेको छ ।

‘छक्का पञ्जा’ उत्कृष्ट

दीपाश्री निरौला उत्कृष्ट निर्देशक घोषित भइन् । 

नवनायक अनमोल केसीले ‘स्टार अफ द इयर’ को अवार्ड हात पारे । कार्यक्रममा अभिनेता भुवन केसीबाट हातबाट अनमोलले अवार्ड थापेका थिए । केकी अधिकारीलाई उत्कृष्ट अभिनेत्री घोषित गरियो भने आर्यन सिग्देल उत्कृष्ट अभिनेता बने । हास्य कलाकार जितु नेपाललाई उत्कृष्ट सहअभिनेताको विधामा पुरस्कृत गरियो । ‘दर्पण छाया–२’ मा पहिलो पटक अभिनय गरेकी सहारा कार्कीले नवोदित सहअभिनेत्रीको पुरस्कार जितिन् ।
विशेष तामझामसहित आयोजित अवार्ड कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत् टीका पहारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो । अभिनेता अर्जुनजंग शाहीसहित कलाकार सुवर्ण क्षेत्रीले पनि ‘अचिभमेन्ट अवार्ड’ हात पारे । कार्यक्रममा विभिन्न कलाकारलाई सम्मानस्वरूप  दोसल्ला ओढाइयो । 
अभिनेत्री दीपाश्री निरौला, केकी अधिकारी, शिव परियार, जितु नेपालसँगै भुटनिज नेपाली कलाकारहरूले कार्यक्रममा आकर्षक कला प्रस्तुति दिए । नेपाल फिल्म सोसाइटी एवं ग्लोबल नेपाली फिल्म अवार्डद्वारा आयोजित कार्यक्रमका लागि दर्जनभन्दा बढी कलाकारहरू नेपालबाट आएका थिए । नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलेसी प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न गत वर्षदेखि कोलोराडोमा खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना सुरु गरिएको थियो ।

प्रकाशित : भाद्र ६, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?