अञ्जु पन्त र बीपी वाग्लेको ‘नेटो काट्यो’ (गीतसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — गायिका अञ्जु पन्त र गायक बीपी वाग्लेको गीत ‘नेटो काट्यो...’ सार्वजनिक भएको छ ।

दीपक शर्माको संगीत रहेको गीतको शब्द विमला निरौलाले लेखेकी हुन् । म्यूजिक एरेन्ज नरेन्द्र बियोगीको रहेको छ ।

मिसन इन्टरटेन्मेन्टले गीत बजारमा ल्याएको हो ।

प्रकाशित : भाद्र १७, २०७४ १४:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बाह्रबिसे–काठमाण्डौ सडक ठाउँठाउँमा अवरुद्ध

महभीरमा सडक भासियो,कल्लेरी र जुरेमा पहिरो
अनिश तिवारी

सिन्धुपाल्चोक — अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीरको सडक भासिनुका साथै कल्लेरी र जुरेमा पहिरो गएको छ । अविरल वर्षाको कारण सडकखण्ड भासिएको र विभिन्न स्थानमा पहिरो जाँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका हुन् ।

बाह्रबिसे, तातोपानीबाट राजधानी जाने प्रमुख सडक बुधबार बिहानदेखि भासिन थालेको थियो । पहिरो झर्ने क्रम जारी रहेकोले अझैसम्म सडक अवरोध खोल्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

‘पहिले सडक अलिअलि भासिएको मात्रै थियो, अहिले महभीरको सडक ध्वस्त भएर जताततै पहिरो झरिरहेको छ,’ घटनास्थलमा यात्रुलाई सहयोगार्थ पुगेका प्रहरी जवान केदार तिवारीले भने ,‘सडक पूरा खसेकोले मर्मत गर्न धेर्रै समय लाग्न सक्छ , जुरे र कल्लेरीमा पहिरो थपिदै गएको छ ।’ 

सडक अवरुद्ध भएपछि दर्जनौ बिरामी, बन्जीजम्पदेखि सीमावर्ती तातोपानीको यात्राको लागि हिडेका पर्यटक बाटैमा अलपत्र परेका छन् ।
बर्खालगत्तै बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीर, जुरे, कल्लेरी र बलेफीजस्ता स्थानमा दैनिक पहिरो अबरुद्ध बनाउने र भासिने गरेको छ । बुधबार बेलुकीदेखि अवरोध हुन सुरु गरेको सडकखण्ड बिहीबार बिहानदेखि पुरा ठप्प भएको थियो । शुक्रवार बेलुकी केही समय खुलेको सडकखण्ड जुरे, कल्लेरीमा पहिरो र महभीरमा पूर्ण सडक भत्किएपछि भएपछि पुन शनिबार बिहानैदेखि आवतजावत ठप्प भएको छ ।

प्रकाशित : भाद्र १७, २०७४ १४:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्