‘जता जता पिरतीको बाटो....’ को कभर डान्सलाई एक लाख

कान्तिपुर संवाददाता

काठमाडौं — कार्टुन क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ को कभर डान्सलाई एक लाख रुपैयाँ दिइने भएको छ ।

३४ लाख भन्दा बढी भ्यूज् भइसकेको वसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीतको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । 

असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपलोड गर्नुपर्ने हुन्छ भने त्यसको लिंक शुभ मिडिया होममा पठाउनुपर्ने गायक ओलीले बताए ।

प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिने गायक ओलीले बताए । 

प्रकाशित : भाद्र २५, २०७४ २२:००
प्रतिक्रिया
पठाउनुहोस्

राज्यमन्त्री हुसेनलाई सम्मान

कान्तिपुर संवाददाता

काठमाडौं — पिस वेभ नेपालले महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनलाई सम्मान गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा पिस वेभ नेपाल तथा लायन्स क्लव अफ काठमाडौं टेम्पलका अध्यक्ष अरुणकुमार श्रेष्ठले राज्यमन्त्री हुसेनलाई सम्मान गरे । श्रेष्ठले राज्य मन्त्री हुसेनलाई आफ्नो कार्यकालमा महिला र बालबालिकाको क्षेत्रमा काम हुने विश्वास व्यक्त गरे ।

राज्यमन्त्री हुसेनले नीतिगत सुधारका धेरै काम बाँकी रहेको उल्लेख गर्दै छोटो समयमा ती काम टुंग्याउने बताए ।

प्रकाशित : भाद्र २५, २०७४ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्