कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मारुती सिमेन्टकाे प्राविधिक परामर्श सेवा

काठमाडौँ — मारुती सिमेन्टले गुणस्तरीय निर्माण बढाउन नि:शुल्क प्राविधिक परामर्श सेवा दिने भएको छ ।

मारुती सिमेन्टकाे प्राविधिक परामर्श सेवा

‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवा सहितको भ्यान निर्माण स्थलमै पुगेर दक्ष प्राविधिकबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जााच तथा परामर्श सेवा नि:शुल्क रुपमा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कंक्रिट कम्प्रेसिभ स्ट्रेन्थको जााच, ढलान सम्बन्धी प्राविधिक सेवा, गुणस्तरीय निर्माण सामाग्रीको छनौट तथा मिश्रणको अनुपात, कंक्रिट, भाइब्रेटर र क्युरिङ्ग, गारो र प्लास्टर लगाउने तरिका र आवश्यकता अनुसार थप प्राविधिक परामर्श दिइने कम्पनीका सिनियर ब्राण्ड म्यानेजर राजु श्रेष्ठले बताए ।

नि:शुल्क टोलफ्रि नम्बरमार्फत् प्राविधिक सल्लाह सुझाव र निर्माणाधीन संरचनाका लागि कंक्रिटको भारवहन क्षमता जाँचको सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएको यो योजना छिट्टै उपत्यका बाहिर पनि सुरु गरिने कम्पनीका म्यानेजर श्रेष्ठले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?