१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डिस्प्लेमा सेन्सर

हेलो टेक

काठमाडौँ — डिस्प्लेमा फिंगरप्रिन्ट सेन्सरसहित स्मार्टफोन निर्माता चिनियाँ कम्पनी साओमीको एमआई एट सार्वजनिक हुन लागेको खबर आएको छ । युट्युबमा सार्वजनिक भएको चार सेकेन्डको भिडियोमा यसको डिस्प्लेमा भएको फिंगरप्रिन्ट सेन्सर सार्वजनिक भएको हो । यसमा थ्रीडी फेसियल रिकग्निसन फिचर पनि रहनेछ ।

डिस्प्लेमा सेन्सर

दि भर्जले सार्वजनिक गरेको अन्य तथ्यअनुसार यसमा स्न्यापड्रयागन ८४५ चिप रहनेछ । फोन ८ जीबी र्‍याम र ६४ स्टोरेजसहितको हुने दाबी गरिएको छ । यसमा ४ हजार एमएएचको ब्याट्री रहने र वायरलेस चार्जिङको सुविधा हुने बताइएको छ । साओमीको एमआई सिरिजमा अघिल्लो महिना मात्रै एमआई सिक्स एस सार्वजनिक गरेको थियो । यो अहिले चिनियाँ बजारमा मात्र उपलब्ध छ ।

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?