वानप्लसको वायरलेस हेडफोन

हेलो टेक

काठमाडौँ — गतसाता आफ्नो नयाँ स्मार्टफोन वानप्लस सिक्ससँगै कम्पनीले वायरलेस हेडफोन पनि सार्वजनिक गरेको छ । वानप्लस बुलेट नाम दिइएको हेडफोनले वानप्लसको फास्ट चार्जिङ प्रविधि ‘ड्यास चार्जिङ’ सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

वानप्लसको वायरलेस हेडफोन

१० मिनेटको चार्जपछि यो हेडफोन ५ घण्टासम्म लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


यसले गुगल असिस्टेन्टसमेत सपोर्ट गर्नेछ, जसका कारण प्रयोगकर्ताले हेडफोनबाटै आफ्नो मोबाइलमा निर्देशन दिन सक्नेछ । मोबाइल नचलाई संगीत बनाउन र रोकेर फेरि अन्य फिचर प्रयोगका लागि आवाजमार्फत निर्देशन दिन सकिन्छ । यो हेडफोन ‘वाटर रेसिस्टेन्ट’ भएको कम्पनीले जनाएको छ । सन् २०१६ मा वानप्लसले आफ्नो तारसहितको हेडफोन बुलेट भीटू सार्वजनिक गरेको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?