कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तीनदिने सेलो फेस्टिभल

काठमाडौँ — मौलिक खाना, पुस्तक अनि नाटक । यी सबै एकैथलोमा उपलब्ध गराउँदै छ, तामाङ सेलो नाट्य महोत्सव–२०७५ ले ।

तीनदिने सेलो फेस्टिभल

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले आउँदो असार २ गतेदेखि तीनदिने महोत्सव गर्न लागेका हुन् । महोत्सवमा तामाङ समुदायको मौलिक खाना, पुस्तक प्रदर्शनीसहित पाँच नाटक प्रस्तुत हुने बताइएको छ ।

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा हुने महोत्सवमा भाषाविद् अमृत योञ्जन तामाङको लेखन एवं निशा पाख्रिन र सन्तोष तामाङको निर्देशन रहेको नाटक ‘स्यालगार’, फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’, वसन्त चौधरीको लेखन र शान्ति वाइबाको निर्देशन रहेको कविता नाटक ‘ङाला फ्रेङबा धोङला टा’, ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फयुबाको संयोजन रहेको लोक नाटक ‘लालिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजका तर्फबाट मारनेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’ छनोटमा परेको प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुष्कर गुरुङले जनाए ।

‘सेलोलाई तामाङ समुदायको सांस्कृतिक पहिचान मानिन्छ । यसभित्र गायन र नृत्य मात्रै नभई लोक नाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम लुकेका हुन्छन्,’ गुरुङले भने, ‘तिनै आयाम उजागर गर्ने ध्येयसाथ फेस्टिभल गर्न लागेका हौं ।’ राणा शासनको जग बसाल्ने तत्कालीन श्री ३ जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’ मार्फत पहिलो पटक तामाङ नायिका चाँदनी मोक्तान, गायकहरू फूलकुमार बमजन र सुसन लामा रंगमञ्चमा देखिँदै छन् । ‘लामो समयदेखि नाटकमा आउन चाहन्थें,’ दर्जनभन्दा बढी तामाङ फिल्म खेलेकी चाँदनीले भनिन्, ‘बल्ल समय मिल्यो ।’ महोत्सवमा तामाङ र नेपाली दुवै भाषामा नाटक मञ्चन गरिने सेलो फाउन्डेसनका अध्यक्ष जगत तामाङले जनाए ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?