१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी)ले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ ।

एनआईईसीले ‘अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर’ गर्दै

विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित उक्त मेला यहि साउन २१ गते एनआईईसीको केन्द्रिय कार्यलय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्स भवनमा आयोजना हुनलागेको हो । विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआईईसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता रहने छ ।

विद्यार्थीले प्रत्यक्ष रुपमा त्यहाँबाट आउने प्रतिनिधिहरुसँग आफ्नो जिज्ञासा राख्न पाउने एनआईईसीकी प्रवन्ध निर्देशक सपना राजभण्डारीले बताइन् ।

प्रबन्ध निर्देशक राजभण्डारीकोअनुसार मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, शुल्क, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनोट आदि लगायतका महत्वपूर्ण जानकारीहरु सहजै प्राप्त हुनेछ ।

मेलामा आईएलटिएसबारे जानकारी दिन ब्रिटिस काउन्सिलका अधिकारीको पनि उपस्थिती हुने छ । यस्तै पार्टनर बैंकहरु सिभिल बैंक र एनएलआईसिसिलगायतको पनि सहभागिता हुनेछ ।

प्रकाशित : श्रावण २०, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?