नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेदरल्याण्ड्समा आगामी १ सेप्टेम्बरमा हुने एम्बेसी फेस्टिबलमा नेपालले पनि सहभागीता जनाउने भएको छ । 

Yamaha

नेदरल्याण्ड्सको द हेग नगरपालिकाको सहयोगमा लाईभ वेभे नामक संस्थाले वर्षेनी गर्दै आइरहेको एम्बेसी फेस्टिबलमा नेपाल लगायत संसारका विभिन्न ६२ वटा मुलुकले सहभागिता रहने छ ।

सवै मुलुकहरुले आफ्नो संस्कृति, भेषभुषा, उत्पादित सामाग्रीहरु, पर्यटन प्रवद्र्धन र प्रचार प्रसार गर्नको लागि उक्त फेस्टिवललाई सदुपयोग गर्दै आइरहेका छन् ।

वेनेलक्सका लागि नेपाली दुतावास बेल्जियम, गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्स, नेपाली कन्सुलेट तथा नेदरल्याण्ड्समा रहेका स्थानिय नेपाली संघसंस्थाको संयुक्त प्रयासमा नेपाली प्याभिलियन मार्फत नेपालीका प्राकृतिक संपदा, भाषा, संस्कृति, भेषभुषा, नेपाली उत्पादनहरु, हस्कतला र विभिन्न झाँकीहरु प्रदर्शन गर्न लागिएको हो ।

प्रकाशित : श्रावण २८, २०७५ २१:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

म फरार अपराधी होइन : राज्यमन्त्री शर्मा 

सन्तोष सिंह

काठमाडौँ — सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् ।

सोमबार जिल्ला अदालतमा आत्मसमर्पण गरेका शर्माले आफुले आत्मसमर्पण गरेको नभई अदालतको सम्मान गरेर आफै आएको बताए। उनले भने, ‘जुन विधिबाट तपाईहरुले जसरी फरार भनेर सम्बोधन गर्नु भो। मैले अदालतलाई सम्मान गरेर आएको हुँ। आफै उपस्थित भएर निवेदन दिएको छु। मैले आत्मसमर्पण गरेको हैन। अदालतको सम्मान गरेर आएको हुँ।’

सोमबार अदालतले राज्यमन्त्री शर्माको बयान लिएर साधारण तारेखमा छाडेको छ।

प्रकाशित : श्रावण २८, २०७५ २०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT