१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिवि मानवशास्त्र विभाग प्रमुखमा चेम्जोङ

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभाग प्रमुखमा उपप्राध्यापक डा. डम्बर चेम्जोङ नियुक्त भएका छन् । 

त्रिवि मानवशास्त्र विभाग प्रमुखमा चेम्जोङ

निवर्तमान विभाग प्रमुख प्राध्यापक लयप्रसाद उप्रेतीले राजीनामा गरेपछि बुधबार चेम्जोङलाई नियुक्त गरेको उपकुलपति तीर्थराज खनियाले बताए ।

त्रिवि र अमेरिकी सहयोग नियोग (युएसएआईडी) बीच भएको सम्झौता अनुसारको परियोजनालाई ‘विभाग प्रमुखले दुरुपयोग गरेको’ विद्यार्थी र शिक्षकले आरोप लगाएपछि उप्रेतीले राजीनामा गरेका थिए ।


त्रिविमा २३ वर्षदेखि प्राध्यापनरत मानवशास्त्री चेम्जोङ यसअघि सरकारले पहिलो संविधानसभा अन्तर्गतको ‘निर्वाचन क्षेत्र निर्धारण आयोग’ (२०६३) र ‘निर्वाचन क्षेत्र निर्धारण आयोग’ (२०७०) का सदस्य थिए ।

साथै सरकारले नै गठन गरेको संस्कृति मन्त्रालयअन्तर्गत अभौतिक सांस्कृतिक परिषदको समेत सदस्य थिए ।

प्रकाशित : भाद्र ७, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?