२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना

काठमाडौँ — सिटी एक्स्प्रेसले चाडपर्वलाई लक्षित गर्दै ९० दिन सम्म चल्ने लखपति एक्स्प्रेस उपहार योजना ल्याएको छ । 

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना

योजना अन्तर्गत हरेक लक्की ड्र मार्फत् उपभोक्ताहरुले दैनिक १२ जनाले दुई सयको मोबाइल टप अप जित्ने सक्ने कम्पनीले जनाएको छ ।


यस्तै,साप्ताहिक रुपमा तीन जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एक लाख उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।


उपहार योजनाको अन्त्यमा एक जनालाई बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्ने सक्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राहीहरु उपहार योजनामा सहभागी हुनेछन् ।


विद्युतीय प्रणालीद्वारा छनौट गरिनेय यो योजना मार्फत एक हजार एक सय २० जना उपभोक्ताहरु विजेता हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७५ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?