कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेरो सुरक्षा र प्रिमियर बीच मोबाइल बिमा सम्झौता

काठमाडौँ — मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमा सम्झौता भएको छ । मेरो सुरक्षाले दिदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बिमा गराउने लक्ष्यका साथ दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

मेरो सुरक्षा र प्रिमियर बीच मोबाइल बिमा सम्झौता

उक्त सम्झौतापत्रमा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका हुन् ।


सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यस अघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको छ ।


‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नया मोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।


सोही कार्यक्रममा नायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।


राजधानीका ४ सय बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागि हुन सकिने छ । दशैं पछि राजधानी बाहिरबाट यो सेवा सुरु हुने कम्पनीले जनाएको छ ।


यो योजना अन्तर्गत मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तानी गर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् ।

प्रकाशित : आश्विन २, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?