१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

स्वास्थ्य सचिव डा‍. चौधरीलाई ग्लोबल मेटरनल हेल्थ भिजनरी अवार्ड

काठमाडौँ — स्वास्थ्य सचिव प्रा.डा.पुष्पा चौधरीले ‘ग्लोबल मेटरनल हेल्थ भिजनरी अवार्ड’ पाएकी छन् ।

स्वास्थ्य सचिव डा‍. चौधरीलाई ग्लोबल मेटरनल हेल्थ भिजनरी अवार्ड

हावर्ड विश्वविद्यालयको मेटरनल हेल्थ टास्क फोर्सले वोस्टनमा आयोजना गरेको ‘द ग्लोबल मेटेरनल हेल्थ सिम्पोनियम’ मा डा.चौधरीलाई सोमबार यो पुरस्कार दिइएको हो । उनलाई एक हजार अमेरिकन डलर समेत पुरस्कारको रुपमा दिइयो ।


विश्वभरबाट गरिएको ३ सय ८० नामांकन मध्येबाट १० जनालाई यो अवार्ड दिइएको हो । प्रभाव, नया खोज, प्रेरणा, नेतृत्व र भविष्यप्रति स्पष्ट दृष्टि राख्ने क्षमता अनुसार यो पुरस्कार दिइने गरिन्छ ।


डा.चौधरीले टेलिफोनमा कान्तिपुरसँग कुरा गर्दै यो अवार्डले आफूलाइ थप जिम्मेवारीबोध भएको बताईन् । मातृ शिशु क्षेत्रमा पुर्याएको योगदानको लागि उनलाई पुरस्कार दिइएको हो ।

प्रकाशित : आश्विन २, २०७५ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?