१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

गायक सरोज ओली र प्रियंका कार्की अभिनित म्युजिक भिडियो रिलिज 

काठमाडौँ — प्रयंका कार्की र सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासाग रोमान्स गर्दै देखा परेका छन् ।

गायक सरोज ओली र प्रियंका कार्की अभिनित म्युजिक भिडियो रिलिज 

‘तिमीलाई देखेपछि आई लभ यु’,‘जता जता पिरतीको बाटो’,‘माछीले खाने खोलीको लेऊ’,‘पानी कुवाको’ जस्ता हिट गीतका गायक हुन् सरोज ओली ।


गायनसागै सरोजले अभिनयको यात्रालाई ‘ए कालु’ म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन् । मेलिना राईको आवाज रहेको यो गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।


चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन् । सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।


प्रकाशित : आश्विन ६, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?