कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सन्दर्भ: डिएनए र अपराध अनुसन्धान

हरेक प्राणी या वनस्पतिमा आफ्ना निश्चित गुणहरु हुन्छन् र तिनले आफ्नो जस्तै गुण बोकेका सन्तती हरु उत्पादन गरी बंश परम्परा कायम राख्ने गर्दछन् । लामो कालखण्ड सम्म रहस्यमय रहेको जातिय गुणहरु बोक्ने बस्तु डिएनए हो भन्ने पर्दाफास भइसकेको छ । अहिले हामी कोषहरुमा रहने न्युक्लियस, न्युक्लियसमा रहने क्रोमोजोम, क्रोमोजोममा रहने डिएनए, डिएनएमा रहने न्युक्लियोटाइड र नाइट्रोजन बेस हरुको सिक्वेन्स, जिन हरुको अध्ययन गर्न सक्ने अवस्थामा आइसकेका छौं । मानव जातिमा पाइने सम्पूर्ण डिएनएको लम्बाइ ३ अर्व बेस पेयर बरावरको हाराहारीमा रहेको पाइन्छ । यसको २ प्रतिशत अर्थात करिव ६ करोड बेस पेयर प्रोटिन कोडिंग जिनको रुपमा काम गर्दछन् भने बाँकि ९८ प्रतिशत डिएनएको लम्बाइ नन्कोडिंग डिएनए सेग्मेन्टको रुपमा मात्र रहेका छन् । हरेक मानवको डिएनए बिच ९९.९ प्रतिशत समानता पाइने गर्दछ । यसो भन्दैमा सबै उस्तै उस्तै हुन्छ भन्ने हुँदैन । हरेक मानवको बिचमा पाइने ०.१ प्रतिशत भिन्नतामा धेरै रहस्यहरु लुकेका हुन्छन् । ३ अर्व बेस पेयर मध्य ०.१ प्रतिशत भिन्नता भनेको ३० लाख बेस पेयरको भिन्नता हो । जसको सिक्वेन्सिंगका माध्यमबाट सजिलै पहिचान गर्न सकिन्छ । यसरी डिएनए सिक्वेन्सिंग गरी पाइएको नतिजालाइ अपराध अनुसन्धान लगायत बिभिन्न प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

परिचय:

हरेक प्राणी या वनस्पतिमा आफ्ना निश्चित गुणहरु हुन्छन् र तिनले आफ्नो जस्तै गुण बोकेका सन्तती हरु उत्पादन गरी बंश परम्परा कायम राख्ने गर्दछन् । यो एउटा प्राकृतिक नियमकै रुपमा ब्याप्त छ । यो नियम ठुला प्राणी या वनस्पतिमा मात्र सिमित नभै सुरमुनी देखि भुसुना सम्म अझ आँखाले नदेखिने शुक्ष्म जिवाणुहरुमा समेत यहि नियम लागु हुन्छ ।

सन १८६६ मा ग्रेगर जोन मेण्डलले सर्व प्रथम बैज्ञानिक परिक्षण द्वारा बंश परम्परा कायम राख्ने जीव बिज्ञानको सिद्दान्तको पुष्टि गर्नु पुर्व यो कसैको खोज भन्दा बाहिरको बिषय थियो । मेण्डलले केराउका बिरुवाको उचाइ, दानाको रंग, दानाको प्रकार, फूलको रंग जस्ता जातिय गुणहरुको प्रयोगशाला परिक्षणबाट जातिय गुणहरु बाबु आमा बाट सन्ततीमा सर्ने सिद्दान्तको पुष्टि गरे । यद्यपि के कारण बाट जातिय गुणहरु बाबु आमा बाट सन्ततीमा सर्ने गर्दछ भन्ने कुरामा मेण्डल त्यतिबेला अनविज्ञनै थिए । त्यसै समयको हाराहारीमै ब्रिटिस जिव बैज्ञानिक चार्ल्स डार्विनले जातिय गुणहरु हरेक कोषहरुमा प्याकेटका रुपमा रहने र प्रजननका समय यिनिहरुनै बाबु आमा बाट सन्ततीमा सर्ने तथ्यको पुष्टि गरे । बिभिन्न बैज्ञानिकहरुको धेरै दशकको खोज तथा अनुसन्धानको निरन्तरताको प्रतिफल बिशौं सताब्दीको सुरुवात सँगै अमेरिकी बैज्ञानिक वाल्थर फ्लेमिंग बाट एक प्रकारको भुसुना (ड्रोसोफिला)मा क्रोमोजोमको अस्तित्व पत्ता लाग्यो र यिनै क्रोमोजोमहरुमा जातिय गुणहरु निहित हुने रहस्यको पर्दाफास भयो ।

सन १९२८ मा ब्रिटिस बैज्ञानिक फ्रेड ग्रिफिथ बाट डिएनएको अस्तित्व पत्ता लागे सँगै बिभिन्न काल खण्डमा बैज्ञानिकहरुले डिएनएको संरचनाको गहन अध्ययन गरे । १९५३ मा वाट्सन र क्रिकले पत्ता लगाएका दुइ समानान्तर तर घुमाउरो (Double stranded, Helical shaped ) आकारको डिएनएको पहिचान यस क्षेत्रको अध्ययनमा कोशेढुंगा सावित भयो । जसका लागि उनिहरुलाइ सन १९६२ मा नोवेल पुरस्कार समेत प्राप्त भयो । उनिहरुको अध्ययनबाट पत्ता लागेको डिएनएको आकार तथा संरचनाले बर्तमान सम्ममा धेरै अध्ययन तथा परिक्षण पश्चात बिभिन्न उपलब्धिहरु हासिल गरि सकेको छ । मानव जातिमा पाइने २३ जोर क्रोमोजोममा रहने सम्पुर्ण डिएनएको नाइट्रोजन बेस हरुको सिक्वेन्स गर्ने महत्वाकांक्षी कार्य बैज्ञानिकहरुले ह्युमान जिनोम प्रोजेक्टको रुपमा सन १९९० मा सुरु गरी सन २००३ मा पुरा गरि सकेका छन् । अहिले हामी कोषहरुमा रहने न्युक्लियस, न्युक्लियसमा रहने क्रोमोजोम, क्रोमोजोममा रहने डिएनए, डिएनएमा रहने न्युक्लियोटाइड र नाइट्रोजन बेस हरुको सिक्वेन्स, जिन हरुको अध्ययन गर्न सक्ने अवस्थामा आइसकेका छौं ।

डिएनए (DNA) को पुरा नाम डिअक्सिराइवो न्युक्लिइक एसिड (Deoxy-ribo Nucleic Acid) हो । डिएनए न्युक्लियोटाइड अणुहरु मिलेर बनेको हुन्छ । हरेक न्युक्लियोटाइड अणुमा फस्फेट ग्रुप, सुगर ग्रूप र नाइट्रोजन बेसहरु निहित हुन्छन् । डिएनएमा पाइने नाइट्रोजन बेसहरु चार प्रकारका हुन्छन् । एडेनिन (A), थाइमिन (T) , गुआनिन (G) , र साइटोसिन (C) । लामो दुइ तहगत बेरिएको चेनको रुपमा रहने डिएनएमा फस्फेट ग्रुप र सुगर ग्रूप एकै प्रकारका हुने भएतापनि नाइट्रोजन बेसहरु भने बिभिन्न क्रममा दोहोरिने गर्दछन । यहि नाइट्रोजन बेसको दोहोरिने क्रमलाइ अंकित गर्नुनै डिएनए सिक्वेन्सिंगको प्रमूख उद्देष्य हो।

डिएनए सिक्वेन्सिंग:

मानव जातिमा पाइने सम्पूर्ण डिएनएको लम्बाइ ३ अर्व बेस पेयर बरावरको हाराहारीमा रहेको पाइन्छ । यसको २ प्रतिशत अर्थात करिव ६ करोड बेस पेयर प्रोटिन कोडिंग जिनको रुपमा काम गर्दछन् भने बाँकि ९८ प्रतिशत डिएनएको लम्बाइ नन्कोडिंग डिएनए सेग्मेन्टको रुपमा मात्र रहेका छन् । हरेक मानवको डिएनए बिच ९९.९ प्रतिशत समानता पाइने गर्दछ । यसो भन्दैमा सबै उस्तै उस्तै हुन्छ भन्ने हुँदैन । हरेक मानवको बिचमा पाइने ०.१ प्रतिशत भिन्नतामा धेरै रहस्यहरु लुकेका हुन्छन् । ३ अर्व बेस पेयर मध्य ०.१ प्रतिशत भिन्नता भनेको ३० लाख बेस पेयरको भिन्नता हो । जसको सिक्वेन्सिंगका माध्यमबाट सजिलै पहिचान गर्न सकिन्छ । यसरी डिएनए सिक्वेन्सिंग गरी पाइएको नतिजालाइ बिभिन्न प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

  • सुरुवाति समयमा डिएनए सिक्वेन्सिंग खासगरी जेनिटक डिसअर्डर तथा बंशाणुगत रोग हरुको अध्ययन अनुसन्धान तथा उपचारका लागि गर्ने गरिन्थ्यो ।
  • डिएनए सिक्वेन्सिंग नतिजाको उपयोग जीव बनस्पति तथा शुक्ष्म जिवाणुहरुको उत्पती विकास र फैलावटको अध्ययन अनुसन्धान तथा निर्क्यौलका लागि गर्ने गरिन्छ ।
  • क्यान्सर रोग अध्ययन अनुसन्धान तथा उपचारका लागि खासगरी बिभिन्न औषधिहरुको प्रयोगबाट ट्युमर फैलावटमा कस्तो प्रभाव पर्दछ भन्ने निर्क्यौलका लागि गर्ने गरिन्छ ।
  • बिभिन्न भौतिक रासायनिक तथा जैवीक कृयाकलापले जीव बनस्पति तथा शुक्ष्म जिवाणुहरुमा आउने परिबर्तन अर्थात म्युटेसनको अध्ययन अनुसन्धानका लागि गर्ने गरिन्छ ।
  • प्राकृतिक माता पिता तथा प्राकृतिक सन्ततीहरुको पहिचान तथा निर्क्यौल गर्न ।
  • हालका दिनहरुमा डिएनए सिक्वेन्सिंग नतिजाको उपयोग बलात्कार हत्या जस्ता गम्भीर अपराधमा संलग्न अपराधी पहिचानको लागि ब्यापक रुपमा प्रयोग हुने गरेको छ ।

नमुना संकलन गर्दा ध्यान दिनु पर्ने बिषयहरु :

डिएनए सिक्वेन्सिंग के का लागि गरिदैछ भन्ने कुरामा यसको नमुना संकलनको तरीका तथा गंभिरता निर्भर गर्दछ । माथि उल्लेखित डिएनए सिक्वेन्सिंगका बिभिन्न प्रयोजन मध्ये बलात्कार हत्या जस्ता गम्भीर अपराधमा संलग्न अपराधी पहिचानको लागि गरिने डिएनए नमुना संकलनको सान्दर्भिकता तथा बिषय गम्भिरताका कारण यस बिषयमा चर्चा गर्नु समय सापेक्ष ठान्दछु । वारदात स्थानबाट संकलित अपराधिको डिएनए नमूना संग घटना संग सम्बन्धित संभावित अभियुक्तहरुको डिएनए नमूना तुलना गर्नु पर्ने हुँदा यसमा घटनास्थलबाट गरीने नमूना सकलनको पाटो पेचीलो र महत्वपुर्ण हुन्छ ।

अपराधीले अपराध वारदातका समय घटनास्थलमा बिभिन्न किसिमका आफ्नो शरीरको डिएनए निहित कोषहरु छोडेको हुन सक्दछ । यो पसिना, रगत, थुक, खकार, बिर्य, दिसा, पिसाव, रौं, नंग, चिथोरिएका कोषिका आदि बाट प्राप्त गर्न सकिने भएकोले यस्ता बस्तुहरुको सुरक्षित रेकि तथा सुरक्षामा नमुना संकलन पुर्व बिशेष चनाखो भइ नमुना संकलन गर्नु पर्दछ । अपराधिले आफुले प्रयोग गरेका कपडा अथवा जुत्ता चप्पल अथवा चुरोटका ठुटाहरु छोडेको छ भने त्यसबाट पनि अपराधीको डिएनए नमूना प्राप्त गर्न सकिन्छ । नमूना संकलकले नमूना संकलनका समय आफ्नो हातमा पंजा अनुहारमा मास्क र कपाल छोप्ने कभर अनिवार्य लगाउनु पर्दछ । कुनै कारणबस नमुना संकलककै आफ्नो डिएनए अपराधिको नमूना संग नमिसियोस भन्ने कुरामा सजग हुन पर्दछ । शरीरको कोष नांगो आँखाले देखिदैन भने हामी त्यो भन्दा हजारौ गुणा सानो बस्तुको बारेमा काम गर्दैछौं भन्ने बिषयमा हरबार सचेत रहन जरुरी छ । यस्तै सचेतना नमुना बिश्लेषणमा सम्बद्द प्राबिधिकबाट पनि प्रस्तुत हुन जरुरी छ । नमूना संकलन तथा बिश्लेषणमा सरीक हुने प्राबिधिककै नमूना Contamination भएका धेरै उदाहरणहरु पाइन्छन् ।

गम्भीर प्रकृतिका अपराध संग सम्बन्धित नमूना संकलन गर्दा अनुसन्धान अधिकारी अथवा नमूना संकलन अधिकारीले निर्दिष्ट कार्यबिधि अनुशरण गर्नु पर्ने हुन्छ । घटनास्थल सुरक्षा र सोको मुचुल्का, नमूना संकलन मुचुल्का, संकलित नमुनाको ३ वटा शिलबन्दी प्रति तयार गरी एक प्रति भविष्यका लागि सुरक्षित संरक्षण तथा बाँकी दुइ प्रति दुइ भिन्ना भिन्नै प्रयोगशाला बिश्लेषणका लागि पठाउने ब्यवस्था गर्नु पर्दछ। बिविध कारणबस प्रयोगशाला बिश्लेषणका लागि पठाइएका नमूनाहरु नष्ट भएको खण्डमा भविष्यका लागि सुरक्षित संरक्षण गरिएको नमूनाको उपयोग गर्न सकिने हुन्छ ।

प्रयोगशालामा के गरिन्छ

  • प्रयोगशालामा नमूना प्राप्त भएपछि सर्वप्रथम नमूनाबाट डिएनए आइसोलेसन गरिन्छ । यसरी डिएनए आइसोलेसन गर्दा एक ब्यक्तिको मात्र डिएनए आइसोलेसन पनि हुन सक्दछ । अथवा सामुहिक बलात्कारको केसमा संकलित भेजाइनल स्वाबमा जस्तो एक भन्दा बढि ब्यक्तिको डिएनए आइसोलेसन पनि हुन सक्दछ ।
  • आइसोलेसन गरिएको डिएनए लाइ प्रोसेसिंग गरिन्छ । यसमा दुइ वा दुइ भन्दा बढि ब्यक्तिको डिएनए मिश्रण भएको तथा कन्टामिनेसन भएको छ भने छुट्ट्याउने काम गरिन्छ ।
  • प्रोसेसिंग गरिएको डिएनएको निस्चित भागलाइ डिएनए सिक्वेन्सिंग मेसिनबाट रिड गरिन्छ । अमेरिकामा कानूनि रुपमानै फरेन्सिक प्रयोजनका लागि रिड गरिने डिएनएको भाग लाइ निर्दिष्ट गरिएको छ । जसलाइ कोडिस २० पनि भनिन्छ । यसमा २० वटा Short Tandem Repeats (STRs) डिएनए फिंगरप्रिन्टहरुको अध्ययन गरिन्छ । बिभिन्न देशका फरेन्सिक प्रयोगशालाहरुले तथा इन्टरपोलले समेत यहि पद्दतिको अनुशरण गर्ने गर्दछ । अष्ट्रेलियामा १८ वटा भागको डिएनए फिंगरप्रिन्ट अध्ययन गर्नु पर्ने कानुनी ब्यवस्था छ भने बेलायतमा १७ वटा यस्ता भागहरुको हरुको डिएनए फिंगरप्रिन्ट अध्ययन गर्नु पर्ने कानुनी ब्यवस्था छ । सिद्दान्तत जति धेरै STRs हरुको फिंगरप्रिन्ट अध्ययन ̷ तुलना गरिन्छ त्यत्त्तिनै बिश्वासिलो नतिजा प्राप्त गर्न सकिन्छ । नेपालमा भने बिधि बिज्ञान प्रयोगशालामा डिएनए फिंगरप्रिन्ट परिक्षणमा यहि बिधि प्रयोग गर्नु पर्छ भन्ने निर्दिष्ट कानूनि ब्यवस्थाको अभाव रहेको छ ।
  • आएको नतिजालाइ कम्पारिजन तथा इन्टरप्रिटेसन गरिन्छ । यस प्रकृयालाइ सहजिकरणका लागि बिभिन्न सफ्टवेयरका समेत बिकास भएका छन् । जसको मद्दतबाट प्राप्त नतिजालाइ सजिलै संग तुलना गर्न र मिले नमिलेको हेर्न र इन्टरप्रिटेसन गर्न सकिन्छ ।

नेपालमा डिएनए परिक्षणको अवस्था

नेपालमा हाल दुइ वटा बिधि बिज्ञान प्रयोगशालाहरु अस्तित्वमा छन । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानको खुमलटार स्थित राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला र नेपाल प्रहरी अपराध अनुसन्धान बिभागको महाराजगंज स्थित केन्द्रिय प्रहरी बिधि बिज्ञान प्रयोगशाला । यि दुवै प्रयोगशालाहरुमा डिएनए फिंगरप्रिन्टिंगका सेवाहरु उपलब्ध त छन् । तर अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न अत्याधुनिक मेशिन उपकरणको उपलब्धता तथा उपलब्ध प्राबिधिक कर्मचारीहरुको प्राबिधिक ज्ञान सीपको स्तर बृद्दिमा दुवै प्रयोगशालाहरुले निक्कै मेहनत गर्नु पर्ने अवस्था देखिन्छ । राज्यले पनि कानूनि राजको अवस्था सिर्जना गर्न तथा अपराधि पहिचानमा कोशेढुंगाको काम गर्ने डिएनए परिक्षण क्षेत्रमा लगानी गर्न ढिला गर्नु हुँदैन ।

अन्तमा

बिकसित मुलुकहरुमा डिएनए परिक्षणको गुणस्तर बृद्दीमा प्रतिस्पर्धा भैरहेको पाइन्छ । हाम्रो देशमा पनि बढ्दो बलात्कार तथा हत्याका घटना संगै डिएनए परिक्षणको बिषयमा सर्व साधारण जनताको चासो बढेको छ । कंचनपुरकि बालिका निर्मला पंतको बलात्कार तथा हत्याको घटनाको अपराधि अझै पत्ता लाग्न सकिरहेको छैन । डिएनए परिक्षणलाइ अपराधि पहिचानको अचुक अश्त्र त मानिन्छ तर यसका पनि बिभिन्न सकारात्मक र नकारात्मक पाटोहरु छन् । प्रयोगशाला परिक्षणका बारेमा एउटा विश्र्वब्यापि मान्यता छ त्यो के हो भने प्रयोगशाला बिश्लेषण जत्तिनै बिश्र्वाशिलो तरिकाले गरिएको किन नहोस यदि नमूना सहि ढंगले संकलित गरीएको छैन भने त्यो निश्प्रभावि हुन्छ ।

प्रकाशित : आश्विन २०, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?