कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वार्षिकोत्सवमा सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — कामना सेवा विकास बैंकले आफ्नो १२‌औँ वार्षिकोत्सवको अवसर पारेर जीवनका लागि भोजन नेपाल बुढानिलकण्ठलाई दुई लाख पचास हजार हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले संस्थाकी अपरेसन म्यानेजर अपरा थापालाई चेक हस्तान्तरण गरे ।


यस्तै वार्षिकोत्सवकै अवसर पारेर बैंकले भद्रकाली आधारभूत विद्यालय बुढानिलकण्ठमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जाडोबाट बच्नको लागि न्यानो कपडा (स्वीटर) उपलब्ध गराउने घोषणा गरेको छ ।

यस्तै बैंकको तिलोत्तमा–१५ रुपन्देहीस्थित नेपाल अनाथ आश्रममा रहेका बालबालिकाहरुको जिविकोपार्जनको लागि भन्दै पचास हजारको चेक हस्तान्तरण गरेको छ । पोखरामा बैंकले विभिन्न विद्यालयहरुलाई ४ थान कप्युटर हस्तान्तरण गरेका छ ।

प्रकाशित : कार्तिक २८, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?