कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसएमएल इसुजु र गोल्डफिस इन्टरनेसनलबीच साझेदारी 

काठमाडौँ — एसएमएल इसुजु, इन्डियाले गोल्डफिस इन्टरनेसनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ । लक्ष्मी समूहको सहायक कम्पनी गोल्डफिस इन्टरनेशनल अब नेपालका लागि एसएमएल इसुजु सवारीसाधनको आधिकारिक बिक्रेता भएको हो ।  

एसएमएल इसुजु र गोल्डफिस इन्टरनेसनलबीच साझेदारी 

नेपालको सडक अवस्थालाई ध्यानमा राखेर इसुजुले बस, ट्रक र टिपरहरु बजारमा ल्याएको छ ।


प्रारम्भिक चरणमा कम्पनीले काठमाडौं, पोखरा, बनेपा, पाँचखाल र धादिङमा मर्मत सुविधा सुरु गर्ने भएको छ ।




आगामी दिनमा उक्त सेवाहरु इटहरी, त्रिशुली, दाङ, हेटौंडा, भैरहवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा थप गरिने कम्पनीले जनाएको छ । एसएमएल इसुजुले व्यवसायिक प्रयोजनका लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्ष बढी भएको छ ।

प्रकाशित : मंसिर २, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?