२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘सिटिजन्स बैंक बण्ड २०८५’ को बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल

काठमाडौँ — सिटिजन्स बैंकले ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्कासनका लागि ग्लोबल आइएमइ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

‘सिटिजन्स बैंक बण्ड २०८५’ को बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल

ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा सिटिजन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमइ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


२ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत व्यक्तिगत र २० प्रतिशत सर्वसाधरणका लागि नेपाल धितो पत्र बोर्डको स्वीकृति पछि निष्कासन तथा बिक्री खुला गरिनेछ ।


सिटिजन्स बैंकले ८० शाखा, ७५ एटीएम र ९९ शाखारहित बैंकिङ एकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?