निर्माण उपकरण सम्बन्धी प्रदर्शनी हुने 

काठमाडौँ — नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सीआईआई कन्म्याक २०१८’ को आयोजनाको लागि भारतीय उद्योग परिसंघ (सीआईआई) जुटेको छ । प्रदर्शनी भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा मंसिर ६ देखि ८ गतेसम्म हुने छ । 

निर्माण उपकरण सम्बन्धी प्रदर्शनी हुने 

तीन दिने उक्त प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरुले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

यो प्रदर्शनीलाई १० हजार भन्दा बढी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यो प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससागको सहकार्यमा आयोजना हुन लागेको हो । प्रदर्शनी एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफियर्ससागको परामर्शमा आयोजना हुने छ । जसमा नेपाल निर्माण व्यवसायी महासंघको सहयोग रहेको छ भने भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन यस प्रदर्शनीको सेक्टर पार्टनरको रूपमा रहेको छ ।

भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक २०१८ नेपालको पूर्वाधार क्षेत्रको तिव्र विकासकालागि ठूलो अवसर हुने आयोजकले अपेक्षा रखेको छ । यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामाग्रिहरु एकै स्थानमाप्रदर्शीत गर्ने एउटा वलियो प्लेटफर्मको रुपमा लिइएको छ ।

काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरु एकै स्थानमा अवलोकन गर्नका लागि यस प्रदर्शनी अद्वितीय प्लेटफर्मको रूपमा रहने दाबी गरे ।

प्रकाशित : मंसिर ४, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?