२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

काठमाडौंमा पर्सिदेखि अस्ट्रेलिया शैक्षिक मेला

काठमाडौँ — नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया र छात्रवृतिको विषयमा सूचना प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा पर्सि (बिहीबार) देखि दुई दिने चौथो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु हुने भएको छ ।

काठमाडौंमा पर्सिदेखि अस्ट्रेलिया शैक्षिक मेला

वानअप प्रा. लि. को आयोजनामा दरबारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा मंसिर ६ र ७ गते अस्ट्रेलिया शैक्षिक मेला हुन लागेको हो । मेलामा विभिन्न क्याम्पस तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट छात्रवृत्तिसम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलगायत विषयमा जानकारी दिइनेछ ।


मेलामा उत्कृष्ट कलेज/युनिभरसिटी तथा कन्सल्टेन्सीहरु गरी ३० भन्दा बढी संस्थाहरु सहभागी हुने आयोजकले जनाएको छ ।


सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको मेलामा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा पनि जानकारी पाउने छन् । विद्यार्थी तथा अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको वानअपका प्रबन्धक भोला पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?