कृषि अन्वेषण दिवस मनाइयो

काठमाडौँ — बिहीबार अन्तर्राष्ट्रिय कृषि अन्वेषण दिवस मनाइएको छ । अन्वेषण दिवसको अवसर पारेर स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयले गोष्ठिको आयोजना गरेको थियो । 

कृषि अन्वेषण दिवस मनाइयो

कार्यक्रममा शेष नारायण महर्जनले शहरी कृषिका अन्वेषणका बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले शहरमा कृषि अन्वेषण र यसका फाइदाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।


यस्तै संग्रहालयका प्रमुख प्राध्यापक डाक्टर धर्मराज डंगोलले कृषि अन्वेषणलाई संग्राहलय शिक्षामा कसरी लैजान सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए ।


कार्यक्रममा सहभागी कृषक,विद्यार्थी,वनस्पतिविद्हरुले नेपालमा कृषि अन्वेषणको सम्भावना र चुनौतीहरुको बारेमा चासो समेत राखेका थिए ।

प्रकाशित : मंसिर १३, २०७५ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?