१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मारुतीसिमेन्टले ल्यायो निर्माणकर्मीको नि:शुल्क दुर्घटना बीमा तथा उपचार खर्च योजना

काठमाडौँ — मारुती सिमेन्टले यही मंसिरको दोश्रो हप्तादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनीलगायत काठमाडौं उपत्यकामा ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रमको आयोजना गरेको छ ।

मारुतीसिमेन्टले ल्यायो निर्माणकर्मीको नि:शुल्क दुर्घटना बीमा तथा उपचार खर्च योजना

५०० जनाभन्दा अधिक निर्माणकर्मीको उपस्थिति रहेको सो कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीलाई सुरक्षित निर्माण सम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरुलाई पाँचलाख बराबरको निशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा मारुती सिमेन्ट लिमिटेडका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै, कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीको पौरखी हातलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निस्फीक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास रहेको बताए । उनले देशभरी नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको जानकरी दिए ।

कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरुसमेत प्रदान गरिएको थियो ।

सिरहा जिल्लाको चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशकदेखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ ।


प्रकाशित : पुस ८, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?