शव वाहन सहयोग

भक्तपुर — नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल कोषाध्यक्ष अजय प्रधानले भक्तपुर ख्रिष्टियन समाजलाई शव वाहन सहयोग गरेका छन् ।

शव वाहन सहयोग

भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानले पूर्वमन्त्री एवं भक्तपुर– २ का सांसद महेश बस्नेतको उपस्थितिमा प्रधानले शव वाहन सहयोग गरेका छन् ।


सूर्यविनायकमा नै जेबी कस्मेटिक सञ्चालन गर्दै आएका प्रधानले करिब १६ लाख रुपैयाँको खर्चमा शव वाहन खरिद गरेर हस्तान्तरण गरेका हुन् ।


समाजबाट कमाएको केही नाफा सामाजिक उत्तरदायित्व अन्तर्गत हस्तान्तरण गरेको उनले बताए । पूर्वमन्त्री एवं भक्तपुर– २ का सांसद महेश बस्नेतले प्रधानले गरेको सत्कर्म सबैका लागि प्रेरणा भएको बताए ।

प्रकाशित : पुस ९, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?