१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एएसी ब्लक प्रयोगले लागत घट्ने

काठमाडौँ — भारतीय कम्पनी क्रिस ह्वाइट ब्रिक्सले एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । उक्त ब्लकबाट घर, भवनजस्ता संरचना निर्माण लागत ३० प्रतिशतभन्दा बढीले कटौती हुने र परम्परागत इाटाको तुलनामा निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ । 

एएसी ब्लक प्रयोगले लागत घट्ने

कम्पनीका अनुसार फ्लाई एसबाट बनेको ब्लकलाई वातावरणमैत्री मानिन्छ । यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुादा गारो लगाउादा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिन्छ । आवासीय घर, कार्यालय भवन, बहुतले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इाटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिने कम्पनीले बताएको छ ।


यो ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने, बाहिर पनि १० एमएम मात्र प्लास्टर गरे पुग्ने भएकोले प्लास्टरमा प्रयोग हुने सिमेन्ट, बालुवा र श्रमिक खर्च जोगिनेछ ।


प्रकाशित : पुस २५, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?