शैक्षिक मेला हुँदै

काठमाडौँ — ग्लोबल रिचले सोमबार सोमबार अस्ट्रेलियन एजुकेसन मेलाको आयोजना गर्ने भएको छ। राजधानी स्थित होटेल अन्नपूर्णमा हुने उक्त मेला हालसम्मकै ठुलो अस्ट्रेलियन विश्वविद्यालय मेला हुने आयोजकले दाबी गरेको छ । 

शैक्षिक मेलामा अस्ट्रेलियाका उत्कृष्ट ३९ वटा विश्वविद्यालयहरूको सहभागिता रहने ग्लोबल रिचले जनाएको छ । मेलामा विद्यार्थीहरूलाई शैक्षिक परामर्शका अलावा विश्वविद्यालयका प्रतिनिधिहरूसँग सिधै भेटघाट र विश्वविद्यालयको जानकारी दिइने छ । मेलामा 'पोस्ट स्टडी वर्क' को बारेमा समेत सेमिनार सञ्चालन गरिने आयोजकले जनाएको छ ।


संस्थाले राजधानीका अलावा पोखरा,चितवन र बुटवलमा क्रमशः माघ १,२ र ३ गते शैक्षिक मेलाको आयोजना गर्दै छ ।

प्रकाशित : पुस २९, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?