नयाँ स्यान्ट्रो हुन्डाई भित्रियो

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपाली बजारमा नयाँ स्यान्ट्रो हुन्डाई भित्र्याएको छ । बजारको बदलिँदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ ‘दि अल न्यु स्यान्ट्रो’ गाडी कम्पनीले पुन: नेपालमा भित्र्याएको जारी विज्ञप्तिमा छ । 

नयाँ स्यान्ट्रो हुन्डाई भित्रियो

नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याबिन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरू रहेको कम्पनीले जनाएको छ । १७.६४ सेमि स्मार्टफोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसनजडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ क्यामरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स यसको विशेषता हो ।


त्यस्तै नयाँ स्यान्ट्रोले १.१ लिटर, ४–सिलिन्डर पेट्रोल इन्जिन, जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्छ । ‘नेपाली परिवारले सबैभन्दा बढी रुचाएको हयाचब्याक गाडी, स्यान्ट्रोलाई पुन: नयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा कम्पनी खुसी छ,’ विज्ञप्तिमा छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?