१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

स्मार्टको सेवा ४५ जिल्लामा

कान्तिपुर संवाददाता

काठमाडौँ — स्मार्ट टेली कम्युनिकेसनले आफ्नो नेटवर्क ४५ जिल्लामा विस्तार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगन्ज, वीरगन्ज, विराटनगरलगायत नेपालका आधिकांश प्रमुख सहरमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको जारी विज्ञप्तिमा छ ।

स्मार्टको सेवा ४५ जिल्लामा

यो विस्तारसँगै कम्पनीको फोजी सेवा अब १९ जिल्लामा, टुजी सेवा २६ जिल्लामा पुगेको जनाएको छ ।


कम्पनीका अनुसार स्मार्टको फोजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कञ्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ, झापा र सुनसरी पुगिसकेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?