२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

निसानको नयाँ किक्स गाडी बजारमा  

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि निसान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ । 

निसानको नयाँ किक्स गाडी बजारमा  

किक्स गाडीमा फराकिलो भित्री भाग र आकर्षक बाहिरी भागले ग्राहकलाई आकर्षित गर्ने र आरामदायी सेवा दिने कम्पनीको दाबी छ । यो गाडी पेट्रोल र डिजल दुवै इन्जिनमा उपलब्ध छ ।

निसान मोटर कम्पनी जापानको विश्व प्रसिद्ध मोटर निर्माता कम्पनी हो । पायनियर मोटोकर्प निसानको नेपालका लागि आधिकारिक बिक्रेता हो । यसले निसान र ड्याटसनका उत्पादन बिक्री गर्दै आएको छ । पायनियर कम्पनीसँग ललितपुरमा सर्भिस सेन्टर छ भने मुलुकभरमा १४ वटा डिलरहरुको सञ्जाल रहेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?