२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एआईबिटि को समस्या ले अर्को कलेज लाई धक्का

Highhit Everestro

Sydney Samachardata,

कान्तिपुर समाचारदाता, सिड्नी ।

पछिल्लो पटक एआईबिटी समस्या सुल्झिन नपाउँदै एक विद्यार्थिले फेरी सिधा कुरा जनतासंग कार्यकम मार्फत एक अर्को कलेजको बारेमा गुनासो गरेकी छिन् । अस्ट्रेलियाको सिड्नीमा संचालित एचएमआई कलेजमा डिप्लोमा अफ नर्सीङ पढ्ने विद्यार्थिले उक्त गुनासो गरेकी हुन् । यस गुनासोबारे सत्य तथ्य पत्ता लगाउन सिड्नी सम्बाददाताले Australian Health and Management Institute (AHMI) कलेज व्यवस्थापनसँग सम्पर्क गरेको थियो । विद्यार्थिले ५०० नेपाली विद्यार्थि समस्यामा परेको बताएपनि समस्यमा पर्न सक्ने नेपाली विद्यार्थिहरू जम्मा १० जना मात्र रहेको कलेज व्यवस्थापनले जनाएको छ ।

अस्ट्रेलियामा कानुनी रूपमा कलेज संचालन गर्नका लागी अस्ट्रेलियिन सरकार अन्तरगतको क्राइको(CRICOS) तथा अस्का(ASQA) मा दर्ता भर्इ अारटीअो (RTO) तथा क्राइकोस (CRICOS) नम्बर लिन पर्ने हुन्छ तर यी निकायहरूमा दर्ता भएपनि अस्ट्रेलियामा नर्सको रूपमा काम गर्का लागी एनम्याक(ANMAC) सँग मान्यता प्राप्त गर्न पर्ने हुन्छ । एएचएमअार्इ (AHMI) का अनुसार अाफ्नो कलेजका सबै विषयका पढार्इहरू सबै निकाय हरु बाट मन्यता प्राप्त गरी नियम अनुसार संचालन गरेको छ । तर डिप्लोमा अफ नर्सिङ को लागि भने एनम्याक मा अबेदन दिएर बसेको छ

उक्त मन्यताको लागि, एअाइबिटी, एमएचअार्इ तथा अन्य कलेजहरु ले पनि मन्याताको लागि निबेदन दिर्इसकेका थिए, जसअनुसार एअार्इबिटीलाई एनम्याकले विभिन्न कारण देखाएर मान्यता खारेज गरेको थियो । AHMI कलेजका म्यानेजर भन्नु हुन्छ हामी अस्ट्रेलियन सरकारको सम्पुुर्ण नियम पुरा गरेर संचालन गरेका छाैँ र एनम्याकको मान्यता पाउनेमा पुर्ण अासावादी छाैँ । अस्ट्रेलियामा कलेज चलाउने विधि नै यहि हो । मान्यता प्राप्त गर्नका लागी ६ महिना देखि एक वर्षसम्म कुर्नु पर्ने हुन्छ । हामीले गलत गरेका भए त अध्यागमनले भिसानै दिने थिएन होला । अस्ट्रेियन अध्यागमनको नियम अनुसार विद्यार्थिहरू अाफ्नो पढार्इ सकिएपछि अाफ्नो देश फर्किने वाचा सहित अफर लेटर तथा एसअोपीको अाधारमा अस्ट्रेलियाको अध्यागमन विभागले भिसा दिन्छ । यो विषय पढेर सकिएपछि अाफ्नो देशमा फर्केर काम गर्न पाउने भएपनि अस्ट्रेलियामै बसेर काम गर्न भने एनम्याकबाट मान्यता प्राप्त विषय हुनु पर्दछ ।

कलेजका जम्म्मा ५०० जना विद्यार्थिमध्य ३५० विद्यार्थि अटोमेसन, विल्डिङ तथा कन्स्ट्रकसन विजनेश तथा इन्फोरमेशन टेक्नोलोजीमा अध्यन गरीरहेका छन् । बाँकी १५० जना विद्यार्थिहरू स्वास्थ्य क्षेत्रमा पढिरहेका छन् । ती मध्य ७४ जना विद्यार्थि सर्टिफिकेट फोरमा अध्यनरत छन् । उनीहरूले माथिल्लो तह डिप्लोमा अफ नर्सिङ तथा ब्याच्लर अफ नर्सिङ पढ्नको लागी अएल्समा ७ तथा ६.५ ल्याउन पर्ने नियम रहेको छ । अाएल्समा तोकिएको अंक ल्याउन नसके विद्यार्थिहरूले नर्सिङ बाहेक अन्य विषय छनोट गरी पढ्नु पर्ने हुन्छ । उनले अाफ्नो कलेज पनि एअार्इबिटिको जस्तै समस्यामा परी बन्द हुने होकी भन्ने डरले गुनासो राखेको हुन सक्ने कलेजका व्यवस्थापक ले असनेपालन्युजलार्इ भन्नुभयो ।

यो सबै समस्या गत जुनमा एनम्याकको नया नियम अाएपछि बढेको जनाइएको छ । परिवर्तन भएको नियमअनुसार विद्यार्थिले सर्टिफिकेट फोर सकेपछि डिप्लोमा अफ नर्सिङ पढ्न अाएल्समा ७ ल्याउन पर्ने हुन्छ । सर्टिफिकेट फोर पढ्ने सबै विद्यार्थिले थप पढ्नको लागी अाएल्स (IELTS) को प्रत्येक विधामा कम्तिमा ७ ल्याउन पर्ने हरेक विद्यार्थिलार्इ थाह छ ।" कलेज म्यानेजरले बताउनुभयो । कलेजले परिवर्तित नियम अनुसार अाफ्ना विद्यार्थि मर्कामा पर्न सक्ने कुरा महसुस भएपछि डिप्लोमा अफ नर्सिङको कोर्स नै अाफ्नो कलेजबाट हटाएको थियो र मान्यता प्राप्त भएपछि मात्र नयाँ भर्ना लिने तयारी गरेको जनाएको छ । तर यो नियम अाउनु भन्दा अगाडी नै भर्ना भएका विद्यार्थिहरूलार्इ पर्न सक्ने समस्याको बारेमा कलेजले समय-समयमा उचित सल्लाह दिँदै अाएको छ । डिप्लोमा अफ नर्सिङ पढ्ने ५० विद्यार्थि मध्य १० जना मात्र नेपाली विद्यार्थि रहेको कलेजले बतायो ।

समस्या मा पर्न सक्ने दश बिद्यार्थी को लागि कलेज ले सक्दो सहयोग गर्ने बाचा गरेको छ । बिद्यार्थी हरु नेपाल बाट आहिसकेपछी छ महिना कलेज पढेपछी स्वत: अर्को कलेज परिवर्तन गर्न पाउछन, तेसैले कुनै बिद्यार्थी लाई पनि बहिर जाना बाट नरोकेको कलेज म्यानेजमेन्ट ले टिप्पणी गरेको छ। कलेज म्यानेजर भन्नु हुन्छ, पहिलो कुरा त हामी ढुक्क छौ कि हामीले मन्यता पाउने छौ र अहिले डिप्लोमा पढिरहेका बिद्यार्थी हरु ले २०२० सम्ममा आफ्नो पढाई सक्ने छन जस्को करण बिद्यार्थी को भिजा मा कुनै समस्या आउने छैन । अर्को कुरा बिद्यार्थी हरु ए अाइ बि टि जस्तै हुन्छ भनेर डर मन्नु हुन्छ भने, उहा हरु लाई लाई अर्को कलेज मा जना बाट हामीले रोकेको छैनौ । बिद्यार्थी हरु हाम्रो कलेज मा नै अर्को नुर्सिङ सम्बन्धी कोर्स पढ्न चाहनु हुन्छ भने, उहा हरु को अहिले सम्मा पढेको समय र फी कत्ती पनि घाटा नहुने गरी अर्को कोर्स मा पढाउन तयार छौ । अर्को कोर्स को क्रेडिट पनि दिन्छौ र फी पनि छुत गर्छौ। म्यानेजर भन्नु हुन्छ, यदी बिद्यार्थी हरु ले अहिले पनि इेल्ट्स मा य ल्याउन सक्नु हुन्छ भने, अहिले नै उहा हरु लाई मन्याता प्राप्त कलेज मा परिवर्तन गरिदिन पनि तयार छौ । अहिले पढिरहेका विद्यार्थिहरूलार्इ कुनै पनि समस्या तथा प्रश्नहरू भएमा कलेज प्रशासनमा सम्पर्क गरेर सल्हाह तथा सुझाव लिन सक्ने कुरा कलेजका व्यवस्थापकले जानकारी दिनुभयो ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?