कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

'गैरकानुनी बाटो रोज्दा अलपत्र'

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकामा कार्यरत अधिवक्ता वासुदेव फुलाराले लाखौँको सङ्ख्यामा नेपालीहरू गैरकानुनी रूपमा विदेश जाँदा अलपत्र पर्ने समस्या बढेको बताएका छन् ।  मिडिया इन्टरनेसनलले राजधानीमा फुलाराको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै पनि सरकारले एनआरएनलाई लगानी गर्नका लागि विश्वासको वातावरण बनाउन नसकेको बताए ।  

'गैरकानुनी बाटो रोज्दा अलपत्र'

गैरकानुनी रूपमा अमेरिका तथा युरोपियन मुलुकमा जाँदा अर्बौँ रुपैयाँ नेपाली दलाल मार्फत विदेशीने गरेकाले यस्तो कार्य रोक्न राज्य गम्भीर हुनुपर्ने बताए । 'ठुलो सङ्ख्यामा नेपालीहरू यसरी गएपनि मुलुकलाई सोचेजति फाइदा भएको छैन', उनले भने ।


अहिलेको बदलिँदो अमेरिकन आप्रवासी नीतिले कानुनी रूपमा अमेरिकामा रहेका नेपालीलाई कुनै पनि प्रभाव नपर्ने समेत कानुनविद् फुलाराले बताए । कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता रबी नारायण कोइराला लगायतले युवालाई देशमै रोक्न रोजगारमुलक कार्यक्रम ल्याउन सुझाए ।


अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्कवायरमा ल फर्म स्थापना गरेका फुलारा त्यहाँको विभिन्न राज्यमा गई वकालत गर्दै आएका छन् ।


प्रकाशित : फाल्गुन १८, २०७५ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?