१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

'अध्ययनपछि देशसेवामा जुटौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यालय तथा कलेज तहको अध्ययन सकेपछि विदेशिने युवाको संख्या बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजधानीको चाबहिलस्थित सुप्रिम इन्टरनेशनल हाई स्कूलको ११ औं अभिभावक दिवस तथा वार्षिकोत्सवमा शनिवार आयोजित कार्यक्रमका वक्ताहरुले युवा पुस्ताले अध्ययनपछि विभिन्न क्षेत्रबाट देश निर्माणका लागि योगदान पुर्‍याउनुपर्ने बताएका हुन् । 

'अध्ययनपछि देशसेवामा जुटौं'

कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण बहादुर राईले अभिभावकहरुले तत्कालको फाइदाका लागि नभई बालबालिका तथा देशको भविष्यबारे सोच्नुपर्ने बताए । उनले विद्यार्थीले विभिन्न क्षेत्रबाट देश विकासमा टेवा पुर्‍याउन सक्ने धारणा राखे । राईले भने, 'विद्यार्थीहरुले आफ्नो रुचिको क्षेत्र पहिचान गरि त्यसको विकासमार्फत देशलाई समृद्ध बनाउन सक्छन् ।'


काठमाडौं महानगरपालिका-७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले नीजि क्षेत्रले बौद्धिक वर्ग उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए । उनले महानगरपालिका विद्यार्थीको भविष्यका साथै स्वास्थ्य र सुरक्षाबारे पनि उत्तिकै गम्भीर रहेको दाबी गरे ।


'हामी विद्यार्थीको स्वास्थलाई मध्यनगर गर्दै शैक्षिक संस्थामा जंक फुडमाथि प्रतिबन्ध लगाउने तथा विपत व्यवस्थापनका उपाय अबलम्बन गर्ने तयारीमा छौं,' डंगोलले भने । स्कुलका पि्रन्सिपल प्रेम सिंह श्रेष्ठले सन् २००६ देखि आफूहरु 'नाफा कमाउने भन्दा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी शैक्षिक उत्पादमा जोड दिएको' दाबी गरे ।


कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले गीतसंगीत, नृत्य, कविता तथा नाटक प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद राईले उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

प्रकाशित : फाल्गुन १८, २०७५ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?