कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विद्यालयलाई महिलामैत्री शौचालय हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — आयंका फाउण्डेशनले धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय हस्तान्तरण गरेको छ । 

विद्यालयलाई महिलामैत्री शौचालय हस्तान्तरण

फाउण्डेशनले ती विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा उक्त सामग्री वितरण गरिएको फाउण्डेसनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।


फाउण्डेशनका अध्यक्ष एवं कलाकार प्रियंका कार्की, कोषाध्यक्ष आयुष्मान देशराज जोशी एवं सल्लाहकार सरोज ओलीको उपस्थितिमा भएको कार्यक्रममा महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ ।


प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । फाउण्डेशनलाई शौचालय निर्माणमा पञ्चकन्या ग्रुपले सहयोग गरेको छ भने प्याड वितरणमा केजीएच ग्रुपले सहयोग गरेको हो ।

प्रकाशित : फाल्गुन २१, २०७५ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?