३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विवाहको खुसीमा सामाजिक दान

कान्तिपुर संवाददाता

काठमाडौँ — छोराको विवाहको खुसीमा लेखक शिवप्रकाश पौड्यालले सामाजिक कामका लागि पाँच लाख रुपैयाँ दान गरेका छन् ।

विवाहको खुसीमा सामाजिक दान

अमेरिका बस्दै आएका पौड्याल परिवारले पारिवारिक खुसी साट्न परोपकारी काममा संलग्न पाँच सामाजिक संस्थालाई एक/एक लाख रकम सहयोग गरेको हो ।


सहयोग पाउनेमा चितवनको कान्दास्थित लक्ष्मी प्रतिष्ठान, रत्ननगरस्थित गामवेसी चेपाङ संरक्षण केन्द्र, सुनसरीको इटहरीस्थित निस्सहाय बालबालिका सेवा आश्रम, काठमाडौँको सलम्बुटारस्थित अपाङ्ग बालबृद्धा सेवागृह र चितवनस्थित अनाथ बालबालिकाका लागि स्थापना गरिएको सानोघर संस्था छन् ।


पाँचै संस्थाका अध्यक्षहरुलाई लेखक दम्पतीले छोरा सौरभको विवाहको प्रीति भोजको मण्डपमा आइबार साँझ रकम हस्तान्तरण गरेको हो ।

प्रकाशित : फाल्गुन २७, २०७५ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?