कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युरोपमा उत्पादित फोटोकपी पेपरकाे काठमाडौंमा बिक्री सुरु

काठमाडौँ — युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा बिक्री सुरु गरिएको छ । अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको शुक्रबार काठमाडौंमा बिक्री सुरु गरिएको हाे ।

युरोपमा उत्पादित फोटोकपी पेपरकाे काठमाडौंमा बिक्री सुरु

विश्व कै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्ने उक्त पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्र्याएको हो । रंगिन फोटोकपी, फोटो छपाइ तथा किताब छपाइमा पेपरको प्रयोग उपयुक्त हुने कम्पनीले दाबी गरेको छ । प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाइ गर्न सकिने कम्पनीले जनाएकाे छ ।

फोटोकपी पेपर दराज अनलाइनमार्फत बिक्री गरिने जानकारी कार्यक्रममा दिइएको छ । शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा र ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले कार्यक्रममा उत्पादन र बिक्रीकाे याेजना सुनाएका थिए ।

प्रकाशित : चैत्र १, २०७५ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?