मेडिसिटी अस्पतालमा हटलाइन सेवा 

काठमाडौँ — नेपाल मेडिसिटी अस्पतालले आकस्मिक हटलाइन सेवा संचालनमा ल्याएको छ । हटलाइनमा सम्पर्क गरी भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा समेत लिन सकिने अस्पतालले जनाएको छ । 

मेडिसिटी अस्पतालमा हटलाइन सेवा 

नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट ११३४ डायल गरी अस्पतालमा आकस्मिक सेवा, एम्बुलेन्स तथा हेलिकप्टर सेवाका लागि समेत सम्पर्क गर्न सकिनेछ ।


दुर्घटना वा विपद्का बेला प्राथमिक उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर सुरु गरेको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी दिए ।

प्रकाशित : चैत्र ४, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?