१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिलो लखपति बनिन् निमा

काठमाडौँ — कान्तिपुरको वार्षिक ग्राहक योजना अन्तर्गत 'करोडपति सिजन-३' को पहिलो साप्ताहिक विजेता नार्गाजुन नगरपालिका सितापाइला निवासी निमा राजभण्डारी बनेकी छन् । आइतबार गरिएको 'लक्की ड्र'बाट रसिद नम्बर ४१३०० की उनले उपहार स्वरुप नगद एक लाख रुपैयाँ जितेकी हुन् । विजेता निमाले खुशी हुँदै उपहारको केही रकम दीनदुःखीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । 

पहिलो लखपति बनिन् निमा

हरेक साता आइतबार कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर' कार्यक्रममा 'लक्की ड्र' हुने गरेको छ । कान्तिपुर वार्षिक ग्राहक योजनामा कान्तिपुर दैनिक र दी काठमाडौं पोष्टका वार्षिक ग्राहकले सहभागिता जनाउन पाउने छन् । नयाँ सहित पुराना ग्राहकले नविकरण गरेर योजनामा सहभागीता जनाउन पाउनेछन् ।


'लक्की ड्र' मार्फत् एक जना ग्राहककले बम्पर उपहारको रुपमा एक करोड नगद पाउने छन् । 'लक्की ड्र' मार्फत मासिक १० लाख रुपैयाँ जित्न सक्ने छन् । साप्ताहिक 'लक्की ड्र' १ लाख रुपैयाँ नगद पाउने छन् ।


त्यति मात्र नभई ग्राहक बन्नसाथ हातहातै पुरस्कार पाउने छन् । ग्राहक बन्नसाथ ग्राहकले हातहातै शिखर इन्स्युरेन्सबाट ५ लाखको दुर्घटना बीमा सहित स्वास्थ्य बीमामा ७ सय ५० रुपैयाँ छुट पाउने छन् ।


स्क्र्याच कार्ड मार्फत २ सयदेखि २ हजार ५ रुपैयाँ सम्मको नगद छुट पाउने छन् । त्यस्तै, पत्रिकाको ग्राहकले ल्यापटप, एलईडी टिभी, स्मार्ट फोन, वायरलेस हेड फोन, स्मार्ट वाच समेत पाउने छन् । यसअघि वार्षिक ग्राहक बनेका २ जना 'लक्की ड्र' मार्फत करोडपति बनिसकेका छन् ।


कान्तिपुरको वार्षिक ग्राहकका लागि ३ हजार ४ सय, द काठमाडौं पोष्टका लागि १ हजार ७ सय रुपैंया तिर्नुपर्ने हुन्छ । 'विजेताले वार्षिक ग्राहक बनेको रसिदको अर्धकट्टी सहित आफ्नो परिचय खुल्ने कागज लिएर उपहार कान्तिपुर थापाथलीस्थित कार्यालयमा सम्पर्क गर्नुपर्नेछ' वितरण विभाग प्रमुख मनोज बस्नेतले भने, 'आवश्यक कागजातका आधारमा हामी उहाँलाई उपहार स्वरुप नगद एक लाख रुपैयाँ प्रदान गर्नेछौं ।'

प्रकाशित : चैत्र २४, २०७५ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?