भदौ ६ मा कृति अवार्ड 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञापन संघले भदौ ६ गते ‘कृति अवार्ड्स’ आयोजना गर्ने भएको छ । त्यसका लागि संघ र चौधरी ग्रुपबीच अवार्डको टाइटल स्पोन्सरसम्बन्धी एमओयू भएको छ । 

एघारौं संस्करणको अवार्डको शीर्ष प्रायोजक नेपाल आइस हुनुका साथै पावर्ड बाई सीजी सिमेन्ट हुनेछ ।

विज्ञापन क्षेक्रकालाई सम्मान गरिने कार्यत्रम आयोजनाका लागि लामो समयदेखि चौधरी ग्रुपले साथ दिंदै आएको छ । यसलाई निरन्तरता दिने ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

एनसेलको एसईई सिम

कान्तिपुर संवाददाता

काठमाडौँ — टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीका लागि पहिलो सिम अफर प्रस्तुत गरेको छ । यसको मूल्य १ रुपैयाँ कायम गरिएको छ ।

सिममा दिन र रातको डाटा प्याकहरू, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माई फाइभ समाविष्ट रहेको जारी विज्ञप्तिमा छ । सिम लिन विद्यार्थीले एसईईकोप्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान लिएर आउनुपर्नेछ ।

प्रकाशित : वैशाख ८, २०७६ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्