कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भारतीय दूतावासद्वारा क्याम्पस भवन निर्माण

काठमाडौँ — भारतीय दूतावासले उदयपुरको चौदण्डीमा एक क्याम्पस भवन निर्माण गरेको छ । दूतावासका अनुसार स्थानीय नारद आदर्श शिक्षा क्याम्पसको निर्माण कार्य यसै साता पुरा भएको हो ।

भारतीय दूतावासद्वारा क्याम्पस भवन निर्माण

सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको र सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती भएको उक्त शैक्षिक संस्था भवन अभावको समस्याबाट गुज्रिएपछि दूतावासले निर्माण सहयोग गरेको जनाएको छ ।


विद्यार्थीको दुई तिहाइ संख्या छात्राको रहेको क्याम्पसमा जम्मा १३५ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा शिक्षा संकायको चार वर्षे बीएड कार्यक्रम पठन पाठन गर्दै आएको छ ।


दूतावासका अनुसार ३ करोड २ लाख अनुदान सहयोगमा दुई तले क्याम्पस भवन निर्माण भएको हो जसमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।


भारतीय राजदूतावासका नियोग उपप्रमुख अजय कुमार आफैं पुगी भवनको अवलोकन गरेका थिए । नवनिर्मित संरचनाले ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा सघाउ पुर्‍याउने दूतावासको विश्सास छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?