२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै अनिश 

काठमाडौँ — नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् । लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए ।

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराउँदै अनिश 

त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा लुइँटेलले फहराउन लागेका हुन् ।


अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए । कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।


पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए ।


पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?