१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रामकृष्णको ‘विश्वास’

काठमाडौँ — डा. रामकृष्ण निरौला गायक छविसाथ अघि आएका छन् । अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका उनले ‘विश्वास’ बोलको गीत श्रोतामाझ ल्याएका छन् ।

त्यसको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतले भन्छ

विश्वासमै चल्छ संसार

तिमीलाई थाहा छैन र

किन यति शंका ममाथि

म तिम्रै हैन र ?


डा. भोला रिजालले लेखेको गीत गायक/संगीतकार नरहरि प्रेमीले संगीतबद्ध गरेका हुन् । संगीत संयोजन पनि नरहरिकै हो । आरसी थापा निर्देशित म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी र सोन्हार श्रेष्ठको अभिनय हेर्न सकिन्छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियो विदुर क्षेत्री र निज्मा केसीले खिचेका हुन् । सम्पादन निज्माको हो ।


‘महिला–पुरुष सम्बन्ध विश्वासका आधारमा सुदृढ हुँदै जाने हो,’ नरहरिले भने, ‘अचेल ससाना कुरामा पनि विश्वासको पर्खाल भत्किन थालेको छ । गीतमा यही विषयलाई केन्द्रमा राखिएको छ ।’


प्रकाशित : जेष्ठ २३, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?