हुवावेको वाई नाइन प्राइम बजारमा

काठमाडौँ — विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी हुवावेले पप–अपक्यामरा भएको ‘वाई नाइन प्राइम २०१९’ नेपाली बजारमा ल्याएको छ ।

हुवावेको वाई नाइन प्राइम बजारमा

काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त फोन निकै सस्तो, हुवावे वाई नाइन प्राइम सिरिजअन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्लेयुक्त भएको जानकारी दिइयो ।

वाई नाइन प्राइम कालो, नीलो र हरियो रङमा उपलब्ध छ । उच्च कार्यक्षमता, शक्तिशाली किरिन, ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टमजडित यो स्मार्टफोनका विशेषता रहेको दाबी गरिएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?