३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एबी इबेभका बियर काठमाडौंमा

कान्तिपुर संवाददाता

राज ब्रुअरी प्रालि र एन्ह्युजर–बस्क इनबेभका बीच केही प्रख्यात बियर ब्रान्डहरूको उत्पादन र बिक्री वितरण गर्ने सम्बन्धमा सम्झौता भएको छ  । अब एबी इनबेभका स्थानीय रूपमै उत्पादन गरिएका केही बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरको आनन्द ग्राहकले लिन पाउनेछन्  ।

एबी इबेभका बियर काठमाडौंमा

आयात गरिएका एबी इनबेभका आफ्नै उत्पादनहरू कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइज पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । राज ब्रुअरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो ।

प्रबन्ध निर्देशक राजबहादुर शाहले उपभोक्ताहरूलाई विश्वमै उत्कृष्ट मानिएका बियरहरूको अतुलनीय छनोट प्रदान गर्न सर्वोत्कृष्ट श्रेणीका ब्रान्डहरूको सूची कायम गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

प्रकाशित : श्रावण २०, २०७६ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?