खेलकुद
श्रावण ७, २०७५

अर्को गोल थप्ने प्रयास

नेपालले सन् १९८२ को एसियाली खेलकुदमार्फत फुटबलमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा यामबहादुर घलेले अन्तर्राष्ट्रियस्तरमा गोलको खाता खोलेका थिए । त्यसयता नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो र नेपाली खेलाडीले थोरै नै भए पनि गोलको संख्या बढाउँदै आएका छन् । तर एसियाली खेलकुदमा भने आजसम्म पनि नेपालले अर्को गोल थप्न सकेको छैन ।

महिला लिग आजदेखि

पाँच टिमको सहभागितामा उपराष्ट्रपति महिला लिग फुटबल सोमबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ । राउन्ड रोबिन लिगका आधारमा १५ साउनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफसँगै काठमाडौं र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलंकाको नजरमा ह्वाइटवास

घरेलु टोली श्रीलंका दोस्रो टेस्टको तेस्रो दिन दक्षिण अफ्रिकाको पाँच विकेट लिँदै सिरिज ह्वाइटवासको नजिक पुगेको छ । स्पिनरको उच्च प्रदर्शन रहँदै आएको सिरिजमा तेस्रो दिन पनि श्रीलंकाली स्पिनरले अफ्रिकी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । कोलम्बोमा जारी दोस्रो टेस्टमा जितका लागि ४ सय ९० रनको विशाल लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिका १३९–५ को कमजोर स्थितिमा छ ।

नेपालको सजिलो जित

नेपालले इंग्ल्यान्ड भ्रमणमा पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनले पराजित गरेको छ । कप्तान पारस खड्काले १ सय ६१ रन बनाएपछि नेपाल पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।

श्रावण ६, २०७५

महिला पत्रकारलाई फुटबल प्रशिक्षण 

महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण सुरु भएको छ ।

ADVERTISEMENT

औसतमा एसियाड तयारी

नेपालले एसियाली खेलकुदका पछिल्ला दुई संस्करणमा १–१ कांस्य पदकमा चित्त बुझाएको थियो । सन् २०१० ग्वान्झाउमा बक्सिङका दीपक महर्जन र २०१४ इन्चोन एसियाडमा कराँतेकी विमला तामाङले मात्र पदक जितेका थिए । दीपक खेलाडीबाट प्रशिक्षक भइसके भने युवा खेलाडी विमला अमेरिका पलायन भइसकिन् ।

क्रिकेट र पाराग्लाइडिङ थपिने

नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणमा क्रिकेट र पाराग्लाइडिङ पनि समावेश गरिने भएको छ ।शनिबार काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाइडिङ समावेश गर्ने निर्णय गरेको माल्दिभ्स ओलम्पिक कमिटीका महासचिव अहमद मार्कुजले जानकारी दिए ।

पारसको १ सय ६१ रन

कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।

एन्फाले खेलाडी उत्पादनमा ध्यान दिने

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाको ध्यान मुलुकभर कुशल फुटबल खेलाडी उत्पादनमा रहने बताएका छन् ।

श्रावण ५, २०७५

इंग्ल्यान्डमा पारसको सान्दार शतक

कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो । 

ADVERTISEMENT
ADVERTISEMENT

उसुको दुर्दशा

खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले गत पुस १४ मा आफ्नै अध्यक्षतामा नेपाल उसु संघको पुनर्गठन गरेका थिए । उसुमा समानन्तर दुई संघ भएको र दुवैले कुनै किसिमको कार्यक्रम अगाडि नल्याएको भन्दै विष्टले दुवै संघ समेट्ने गरी नयाँ कार्यसमिति बनाए । उनले त्यतिबेला ३ महिनाभित्र नयाँ निर्वाचनलाई वातावरण सिर्जना गर्ने बताएका थिए ।

प्रतीक्षा वान–डे अन्तर्राष्ट्रियको

सन् १९९६ को विश्वकप क्रिकेटले भारतीय उपमहाद्वीपमा एउटा क्रान्तिजस्तै ल्याएको थियो । यस उपमहाद्वीपमा विश्वकप रंगीचंगी भएर पहिलो पटक आयोजना भएको थियो । टेलिभिजन प्रत्यक्ष प्रसारणले विश्वकपलाई अझ लोकप्रिय बनाइदियो । यसको बाछिटा नेपालको कुनाकाप्चासम्म पर्‍यो ।

बेल र ट्रोटले नेपालविरुद्ध खेल्ने

इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानद्वय इयान बेल र जोनाथन ट्रोटले नेपालसँग लर्डसमा खेल्ने भएका छन् । क्रिकेटको ‘मक्का’ मानिएको लर्डसमा बेल र ट्रोटले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बाट खेल्न लागेका हुन् । एमसीसी, नेपाल र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक एकदिने ट्वान्टी–२० शृंखला जुलाई २९ मा हुँदै छ ।

कीर्तिमानी साझेदारी

ओपनर फखर जमन दोहोरो शतक बनाउने पहिलो पाकिस्तानी खेलाडी बन्दै कीर्तिमान प्रदर्शन गरेपछि जिम्बावेमा जारी वान–डे शृंखलामा पाकिस्तान ४–० ले अगाडि बढेको छ । चौथो खेलमा पाकिस्तान २ सय ४४ रनको विशाल अन्तरले विजयी रह्यो ।