१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुलिसको उच्च प्रदर्शन कायमै

काठमाडौँ — राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो दिन पनि उच्च प्रदर्शन कायम राखेको छ । बिहीबार डबल्सतर्फको इभेन्टमा पुलिसका खेलाडीले क्वाटरफाइनल यात्रा तय गरे ।

पुलिसको उच्च प्रदर्शन कायमै

मिक्स डबल्समा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जन तथा दीप साउन र नविता श्रेष्ठको जोडी विजयी रहे । त्यससँगै आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङ, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल, एपीएफकै अमरलाल मल्ल र सेलिशा खड्गी, आर्मीका कृष्ण थापामगर र दीक्षा तामाङ, सुनसरीका गणेश तामाङ र रुपा लिम्बू तथा सुनसरीका राजन सुब्बा र गीता भुजेलको जोडी क्वाटरफाइनल पुगे ।


पुरुष डबल्समा पुलिसका स्यान्टु र दीप तथा विनेश खनियाँ र प्रदीप रोका, मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपाने, आर्मीका कृष्ण थापामगर र नारायण घिमिरे, एपीएफका अमरलाल र पुरुषोत्तम, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा भक्तपुरका विवेक कवा: र रजोजमान थाकुको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।


पुलिसका एलिना र नविता तथा सोनु थापामगर र मञ्जु सुवाल महिला डबल्समा क्वाटरफाइनल पुगे । उनीहरूसँगै आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, एपीएफका सेलिशा खड्गी र सिक्का सुवाल, आर्मीका दीक्षा दाहाल र दीक्षा तामाङ, सुनसरीका गीता भुजेल र रुपा लिम्बू, रूपन्देहीका अमृता थापा र गीता अर्याल तथा ललितपुरका अनुष्का प्रसाईं र लसता महर्जनको जोडीले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् ।

प्रकाशित : पुस २८, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?