कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कमललाई स्वर्ण

लेखनाथ — ओलम्पियन कमलबहादुर अधिकारीले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण जितेका छन् । राखेप च्याम्पियनसिपअन्तर्गत पोखरामा जारी २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलनमा आर्मीका उनले कुल २ सय ७३ केजी भार उचालेका थिए ।

कमललाई स्वर्ण

राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने उद्देश्यमा बिहीबार कमलले स्वर्णमा नै चित्त बुझाउनुपर्‍यो । ७७ केजी तौल समूहमा उनले स्न्याचमा १ सय २० केजी उचाले । यसमा उनकै नाममा १ सय २२ केजीको कीर्तिमान छ । क्लिन एन्ड जर्कमा कमलले १ सय ५३ केजी साथ कुल २ सय ७३ केजी उचाले । आर्मीकै यज्ञबहादुर सारुले स्न्याचमा ९७ केजीसहित कुल २ सय १२ केजी उचालेर रजत जिते भने पुलिसका प्रेमप्रकाश वैश्यले क्लिन एन्ड जर्कमा ११८ केजी र स्न्यााचमा ९० केजीसहित कुलमा २०८ केजी उचाल्दै कांस्य जिते ।


पोखराउद्योग वाणिज्य संघको सभाहलमा भएको प्रतियोगिताको महिला ६३ केजी तौल समूहमा आर्मीकी मनिता श्रेष्ठले कुल १ सय ४० केजी उचाल्दै स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० केजी उचालिन् । आर्मीकै शारदा चौधरीले १ सय २८ केजीसाथ रजत जितिन् । उनले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ७२ केजी उचालिन् ।


महिलाकै ६९ केजी तौलमा नेपाल पुलिसकी राज्यलक्ष्मी थापाले स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ८३ केजीसाथ कुल १ सय ४३ केजी उचालेर स्वर्ण जितिन् । क्लिनमा ७० केजी र कुलमा १ सय २२ केजी उचाल्दै रजतमा खुम्चिइन् । पुलिसकी जानकी बुढाले १ सय १० केजीसाथ कांस्य पाइन् । उनले स्न्याचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालिन् ।


दक्षिण एसियाली खेलकुदका लागि छनोटसमेत रहेको प्रतियोगिताको ७५ केजी तौलमा नेपाल पुलिसकी लक्ष्मी वनले १ सय ४२ केजी उचाल्दै स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लिनमा ८० केजी उठाउँदै स्वर्ण आºनो पक्षमा पारिन् । सेनाकी मनकुमारी कुमालले स्न्याचमा ५८ र क्लिनमा ७६ केजीसाथ रजत र सप्तरीकी शान्ति चौधरीले स्न्याचमा ५५ र क्लिनमा ७० केजीसाथ कांस्य पदक जिते । ९० केजी तौलमा एकल प्रतिस्पर्धा गरेकी पुलिसकी तारादेवी पुनले स्न्याचमा ७०, क्लिनमा ९७ केजी उचाल्दै स्वर्ण जितिन् ।


पुरुष ६२ केजी तौलमा आर्मीका राजु चौधरीले स्न्याचमा ८६ र कुलमा १ सय ९३ केजी उचालेर स्वर्ण जिते । क्लिनमा उनी पुलिसका मुई लामासँग पराजित भए । मुईले १ सय ८ केजी भार बहन गर्दै स्वर्ण जिते । क्लिनमा राजुले १ सय ७ केजी उचाल्दै रजतमा चित्त बुझाए । स्न्याचमा मुईले ८५ केजी र कुलमा १ सय ९३ केजी उचाल्दै रजत जिते ।

तेस्रो भएका एपीएफका सुवासकुमार शाहले १ सय ६३ केजीसाथ कांस्य जिते । उनले स्न्याचमा ७३ र क्लिनमा ९० केजी उचाले ।


६९ केजीमा पुलिसका विकास थापाले स्न्याच र कुलमा स्वर्ण जिते । उनी क्लिनमा १ सय २५ केजी उचाल्दै बाँकेका प्रकाश केसीसँग पछाडि रहेर रजतमा खुम्चिए । विकासले स्न्याचमा १ सय १२ र कुलमा २ सय ३७ केजी उचाले । प्रकाशले क्लिनमा १ सय ३० केजी उचाल्दै स्वर्ण जिते । तर प्रकाशले स्न्याचमा १ सय ६ र कुलमा २ सय ३६ केजीसाथ रजत पाए । बाँकेका सुरज वैश्यले क्लिनमा १ सय ५ र कुलमा १ सय ८० केजीसाथ कांस्य पाए । स्न्याचमा कास्कीका धनबहादुर झाँक्रीले ८० केजीसाथ कांस्यमा चित्त बुझाए ।

प्रकाशित : पुस २८, २०७४ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?