बास्केटबलमा आर्मी र मध्यमाञ्चल भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय बास्केटबलअन्तर्गत पुरुषतर्फ आर्मी र मध्यमाञ्चल फाइनल पुगेका छन् । राखेप कभर्डहलमा बिहीबार भएको सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफ क्लबलाई ९३–७७ स्कोरले पराजित गर्‍यो । 

पुलिसविरुद्ध स्कोर गर्ने क्रममा मध्यमाञ्चलका राजीव जोशी । 

आर्मीको जितमा सदीश प्रधानले २३ स्कोर गरे । मध्यमाञ्चलले पनि विभागीय टोली नेपाल पुलिस क्लबलाई ८६–७० स्कोरले हरायो । मध्यमाञ्चलका राजीव जोशीले २६ स्कोर जोडे । राखेप च्याम्पियनसिपअन्तर्गत १५ औं संस्करणमा भइरहेको छ ।

Yamaha

१४ औं महिला राष्ट्रियतर्फ मध्यपश्चिम र मध्यमाञ्चलले उपाधि भिडन्त पक्का गरे । मध्यपश्चिमले पश्चिमाञ्चललाई ६८–३३ स्कोरले पन्छायो । विजेताकी माया राईले ११ स्कोर गरिन् । आर्मीविरुद्ध मध्यमाञ्चल ५७–२९ स्कोरले विजयी भयो । विजेताकी लुनिभा सिंहले १४ स्कोर बटुलिन् ।

प्रकाशित : पुस २८, २०७४ ०६:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमललाई स्वर्ण

कान्तिपुर संवाददाता

लेखनाथ — ओलम्पियन कमलबहादुर अधिकारीले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण जितेका छन् । राखेप च्याम्पियनसिपअन्तर्गत पोखरामा जारी २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलनमा आर्मीका उनले कुल २ सय ७३ केजी भार उचालेका थिए ।

राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने उद्देश्यमा बिहीबार कमलले स्वर्णमा नै चित्त बुझाउनुपर्‍यो । ७७ केजी तौल समूहमा उनले स्न्याचमा १ सय २० केजी उचाले । यसमा उनकै नाममा १ सय २२ केजीको कीर्तिमान छ । क्लिन एन्ड जर्कमा कमलले १ सय ५३ केजी साथ कुल २ सय ७३ केजी उचाले । आर्मीकै यज्ञबहादुर सारुले स्न्याचमा ९७ केजीसहित कुल २ सय १२ केजी उचालेर रजत जिते भने पुलिसका प्रेमप्रकाश वैश्यले क्लिन एन्ड जर्कमा ११८ केजी र स्न्यााचमा ९० केजीसहित कुलमा २०८ केजी उचाल्दै कांस्य जिते ।

पोखराउद्योग वाणिज्य संघको सभाहलमा भएको प्रतियोगिताको महिला ६३ केजी तौल समूहमा आर्मीकी मनिता श्रेष्ठले कुल १ सय ४० केजी उचाल्दै स्वर्ण जितिन् । उनले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८० केजी उचालिन् । आर्मीकै शारदा चौधरीले १ सय २८ केजीसाथ रजत जितिन् । उनले स्न्याचमा ५६ र क्लिन एन्ड जर्कमा ७२ केजी उचालिन् ।

महिलाकै ६९ केजी तौलमा नेपाल पुलिसकी राज्यलक्ष्मी थापाले स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ८३ केजीसाथ कुल १ सय ४३ केजी उचालेर स्वर्ण जितिन् । क्लिनमा ७० केजी र कुलमा १ सय २२ केजी उचाल्दै रजतमा खुम्चिइन् । पुलिसकी जानकी बुढाले १ सय १० केजीसाथ कांस्य पाइन् । उनले स्न्याचमा ४५ केजी र क्लिनमा ६५ केजी उचालिन् ।

दक्षिण एसियाली खेलकुदका लागि छनोटसमेत रहेको प्रतियोगिताको ७५ केजी तौलमा नेपाल पुलिसकी लक्ष्मी वनले १ सय ४२ केजी उचाल्दै स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लिनमा ८० केजी उठाउँदै स्वर्ण आºनो पक्षमा पारिन् । सेनाकी मनकुमारी कुमालले स्न्याचमा ५८ र क्लिनमा ७६ केजीसाथ रजत र सप्तरीकी शान्ति चौधरीले स्न्याचमा ५५ र क्लिनमा ७० केजीसाथ कांस्य पदक जिते । ९० केजीतौलमा एकल प्रतिस्पर्धा गरेकी पुलिसकी तारादेवी पुनले स्न्याचमा ७०, क्लिनमा ९७ केजी उचाल्दै स्वर्ण जितिन् ।

पुरुष ६२ केजी तौलमा आर्मीका राजु चौधरीले स्न्याचमा ८६ र कुलमा १ सय ९३ केजी उचालेर स्वर्ण जिते । क्लिनमा उनी पुलिसका मुई लामासँग पराजित भए । मुईले १ सय ८ केजी भार बहन गर्दै स्वर्ण जिते । क्लिनमा राजुले १ सय ७ केजी उचाल्दै रजतमा चित्त बुझाए । स्न्याचमा मुईले ८५ केजी र कुलमा १ सय ९३ केजी उचाल्दै रजत जिते ।
तेस्रो भएका एपीएफका सुवासकुमार शाहले १ सय ६३ केजीसाथ कांस्य जिते । उनले स्न्याचमा ७३ र क्लिनमा ९० केजी उचाले ।

६९ केजीमा पुलिसका विकास थापाले स्न्याच र कुलमा स्वर्ण जिते । उनी क्लिनमा १ सय २५ केजी उचाल्दै बाँकेका प्रकाश केसीसँग पछाडि रहेर रजतमा खुम्चिए । विकासले स्न्याचमा १ सय १२ र कुलमा २ सय ३७ केजी उचाले । प्रकाशले क्लिनमा १ सय ३० केजी उचाल्दै स्वर्ण जिते । तर प्रकाशले स्न्याचमा १ सय ६ र कुलमा २ सय ३६ केजीसाथ रजत पाए । बाँकेका सुरज वैश्यले क्लिनमा १ सय ५ र कुलमा १ सय ८० केजीसाथ कांस्य पाए । स्न्याचमा कास्कीका धनबहादुरझाँक्रीले ८० केजीसाथ कांस्यमा चित्त बुझाए ।

प्रकाशित : पुस २८, २०७४ ०६:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT