विरोधबीच नवलपरासीमा एन्फाको जिल्ला अधिवेशन गरिँदै

नवलपरासी — अधिवेशनमा सहभागी हुनबाट बन्चित गरिएका १४  वटा क्लबले अधिवेशन रोक्न गरेको मागलाई अश्विकार गर्दै जिल्ला फुटबल संघ नवलपरासीले चौथो आधिवेशन थालेको छ । अधिवेशनमा मताधिकारबाट नियतवस बन्चित गरिएका क्लबले अवरोध गरेका छन् । 

जिल्ला फुटबल संघमा आवद्ध २९ वटा क्लब मध्ये १४ वटालाई मताधिकारवाट बन्चित गरेर जिल्ला अध्यक्ष प्रकास प्रकाश पंज्ञेनीको समुहले अधिवेशन गर्न लागेको हो । मताधिकारबाट बन्चित गरिएका क्लबले अधिवेशन अबैधानिक रहेकोले अधिवेशन रोक्न माग गर्दै एन्फा केन्द्रीय कार्यालय र जिल्ला प्रशाशन कार्यालय नवलपरासीमा दिएको निवेदनको बेवास्ता गर्दै पेलेर अधिवेशन गर्न लागेको हो ।

परासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले वैध र अवैध क्लबहरुका बारेमा उजुरी परेकोले सत्यतथ्य बुझ्न जिल्ला प्रहरी कार्यालय परासीलाई पत्रलेखेर पठाएको जानकारी दिए । उनले प्रहरीले बुझ्ने काम गरिरहेको बताए ।

एन्फा जिल्लामा १३ वर्षदेखि लगतार अध्यक्ष रहेका पंज्ञनीले आफू अर्को कार्यकालकालागि अध्यक्ष हुन खोज्दा अल्पमतमा पर्ने निधो भएपछि १४ वटा क्लबलाई मताधिकार र अधिवेशनवाट बन्चित गरेको मनकामना युवा क्लबका अध्यक्ष धन प्रसाद गुरुंगले बताए । उनले आफूहरुलाई मताधिकारबाट बन्चित गरिएको बारेमा एन्फा केन्द्रमा लिखित उजुरी दिँदा समेत गणेश थापा पक्षधरहरुले पेलेर अधिवेशन गर्न खोजेको आरोप लगाए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुंवर (गणेश थापाको सालो)ले एक्लौटी अधिवेशन गरेर नेतृत्वमा आउने दबाब दिएका कारण जिल्लाले उनकै इसारामा काम गरेको धनप्रसादको आरोप छ । एन्फाका जिल्ला अध्यक्ष केन्द्रीय सदस्य पनि हुन् ।

जिल्लामा २ वटा लिग खेलेका १४ वटा क्लबले अधिवेशन रोक्न गरेका मागलाई एन्फा केन्द्रीय नेतृत्वले बेवास्ता गरेको छ भने जिल्ला प्रशासन कार्यालय परासीले पनि माथिको आदेश भन्दै अधिबेशन रोक्न नसक्ने बताएको छ ।

जिल्ला अधिवेशनकालागि बिहीबार नै नवलपरासी आइपुगेका केन्द्रीय प्रतिनिधि रमेश रायमाझिले अधिवेशनमा भएको विवादका बारेमा छलफल गरेर निस्कर्षमा पुग्ने बताए । उनले यसमा सरकारी नियम लागु नहुने दाबी गर्दै व्यवहारीकता हेरेर काम गर्ने बताए । विवादको निकास ननिस्के केन्द्रले भने अह्राए अनुसार गर्ने उनले बताए ।
यस अघि आफू निकटका क्लबलाई गोप्य सर्कुलर गरेर शुक्रबार (आज) भुमहिमा (पश्चिम नवलपरासी) गर्ने भनिएको जिल्ला अधिवेशन एकाएक बिहान अमलटारी स्थित थारु होमस्टे (पुर्वी नवलपरासी)मा सारिएको छ । पहिला तोकेको थलोमा अधिवेशनमा गर्दा असन्तुष्ट पक्षको बोलबाला हुने भएपछि चलाखी गरेर अधिबेशन अपर्झट अन्त सारिएको हो । अहिले अधिबेशन स्थलमा अधिबेशन गराई छाडने अध्यक्ष प्रकाश पंज्ञनी पक्षधर र मताधिकारबाट बन्चित रहेकाहरुको दलबलसहित भेला भएको छ । त्यहाँ झडप हुन सक्ने भन्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालका अध्यक्ष प्रकाश पंज्ञनीले सबै प्रकृया पुरा गरेको दाबी गर्दै नियम नमान्ने र समयमा दर्ता नविकरण नगरिएका क्लबलाई विधानले रोकेको बताए । उनले सबै प्रकृया विधान सम्मत भएको दाबी गरे । ‘अधिवेशन हुन्छ, रोक्न मिल्दैन,’ उनले भने ।
संविधान अनुसार दुई जिल्लामा विभाजित पश्चिम नवलपरासीलाई यसपटक एउटै जिल्ला समिति बनाउन अधिवेशन गर्न लागिएको हो । असन्तुष्ट पक्षले दुइवटा जिल्लामा एउटै जिल्ला फुटबल संघ गठन हुन नसक्ने भन्दै आपत्ति जनाएको छ ।

एन्फाको निर्देशिकामा २०७० सालको अधिवेशनमा भाग लिएका र २ वटा लिग खेलेका टिमलाई जिल्ला एन्फाको अधिवेशनमा भाग लिन पाउने उल्लेख भएपनि नवलपरासीमा त्यो लागु गरिएको छैन । एन्फा केन्द्रमा भ्रष्टचारको अभियोगमा मुद्दा खेपेका गणेश थापा पक्षधरले आफू अनुकुलको जिल्ला नेतृत्व छनौट गराएर केन्द्रीय समितिमा कब्जा जमाउने दाउमा रहेको छ । त्यसै पक्षधरको इशारामा हालको केन्द्रीय नेतृत्वले जिल्ला जिल्लामा समिति हत्याउने दाउमा काम गरेको आरोप छ ।

नवलपरासीमा एन्फा उपाध्यक्ष लक्ष्मण कार्किको गैडाकोट खेलकुद विकास समिति, सुर्यज्योति, बिग बुद्ध, देशभक्त, सुनौलो बिहानी, डायमण्ड युथ सोसाइटि, भैरहवा स्पोर्टस, अभिदय, सुर्ययुवा क्लब, मनकामना युवा क्लबलाई अधिवेशनमा भाग लिनबाट बन्चित गरिएको छ ।

ती क्लबले भाग लिँदा हालका अध्यक्ष प्रकाश पंज्ञनी अल्पमतमा पर्ने दाबी असन्तुष्ट पक्षको छ ।

प्रकाशित : पुस २८, २०७४ ११:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘जाँदा ट्रेनमा आउँदा प्लेनमा’

अभियान सार्थक बन्दै
विनोद पाण्डे

काठमाडौँ — ‘धेरै कष्टपछि बल्ल दिल्ली पुगियो, अनिधो र भोकले ज्यान खत्तम भइसक्यो’ नेपाल दृष्टिविहीन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ दुवालले फेसबुकमा पोस्ट गरेको यो मार्मिक शब्दले धेरैको मन कुँडिएको थियो । 

नेपाल दृष्टिविहीन क्रिकेट टोली पहिलोपल्ट वानडे विश्वकप खेल्न पाकिस्तान जानु थियो । तर, कुनै सहयोग नपाउँदा टोली बसको लामो यात्रामा भारतको दिल्ली, अमृतसर हुँदै पाकिस्तानको लाहोर पुग्नुपरेको थियो ।

हुन त यसअघि दुईपल्ट ट्वान्टी–२० विश्वकप खेल्न भारत लाग्दा पनि नेपाली दृष्टिविहीन क्रिकेट टोली यसरी नै गन्तव्य पुगेको थियो । यसअघि नै सञ्चारमाध्यममा नेपाली दृष्टिविहीन टोली कठिन यात्रा गरेर विश्वकप खेल्न जान लागेको समाचार आइसकेको थियो ।

दृष्टिविहीन क्रिकेटरसँग भन्नलाई मनभरी गुम्सिएर बसेका धेरै पीडा छन् । तर, उनीहरू ‘सबैलाई समान व्यवहार हुनुपर्छ’ भनेर भन्न पनि सक्दैनन् । धन्न, विश्वकपमा जानुअघि यसपालि उनीहरूले तयारीका लागि खेल्न योग्य मैदान पाएका थिए । विगतमा उनीहरूले यही सुविधा पाउन संघर्ष गरेका थिए ।

गोरखपुर पुगेपछि दृष्टिविहीन क्रिकेट टोलीले ट्रेन आउन अझै समय लाग्ने थाहा पाएका थिए । ट्रेन कतिखेर आउने निश्चित थिएन । कुरेको भए नेपालको पाकिस्तानसँग हुने विश्वकपको पहिलो खेल नै छुट्न पनि सक्थ्यो । त्यही भएर दिल्लीबाट २२ मध्ये आधा टोली बसमै अमृतसर लागेको समाचार आयो ।
यो सबै पक्षबारे नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) पूरै अपडेट भएर बसेको थियो । यसका अध्यक्ष भानु सिग्देलले आफ्नो समूहलाई लिएर नेपाल दृष्टिविहीन क्रिकेट टोलीका लागि अभियान सुरु गरेको थियो । उनले त्यसपछि नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खडालाई सम्पर्क गरे । पारसले आर्थिक र नैतिक समर्थन गरेपछि यो अभियानले ठूलो रूप पायो ।

पारसले ‘दृष्टिविहीन क्रिकेटर्सको सहयोगार्थ एनसीएसएसको अभियान’ नारामा व्यक्तिगत ५० हजार रुपैयाँ दिने घोषणा गरे । उनले नै सञ्चारमाध्यममा विश्वकप खेल्ने दृष्टिविहीन क्रिकेट टोलीलाई समान व्यवहार हुनुपर्ने जनाउँदै ‘जाँदा रेलमा फर्किंदा प्लेनमा’ भन्ने नारा अगाडि सारे । त्यसैमा केहीले ‘स्वाभिमानको अभियान’ भन्ने नारा पनि थपेका छन् ।

एनसीएसएसको यो अभियानपछि उनीहरूलाई प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय खेलकुद परिषद्सम्मले सम्पर्क गरेको छ । परिषद्ले ४ लाख दिएका कारण विश्वकप जानका लागि टोलीका बन्द प्रशिक्षण र बसको टिकट काट्न पुगेको थियो । तर, यो दृष्टिविहीन क्रिकेटरका लागि पर्याप्त थिएन ।

सेमिफाइनलसम्म पुग्ने लक्ष्य बनाएको नेपाल दृष्टिविहीन टोली लाहोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भइसकेको छ । त्यसपछि नेपाल थप खेल्न यूएई लाग्नेछ । निर्धारित तालिकाअनुसार यूएईमा आफ्नो खेल सिध्याएपछि नेपाली टोली पुन: पाकिस्तान हुँदै त्यहाँबाट बस, ट्रेनमा दिल्ली भएर नेपाल फर्किने कार्यक्रम छ ।

एनसीएसएसको यो अभियानमा बिहीबार रातिसम्म ३ लाख १७ हजार २ सय ६५ रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ । एनसीएसएसको अहिलेको अभियान भनेको नेपाली दृष्टिविहीन टोलीलाई सिधै यूएईबाट प्लेनमा काठमाडौं फर्काउने हो । त्यसका लागि प्रतिव्यक्ति २३ देखि २५ हजार टिकट भाडा लाग्नेछ । यूएईबाटै नेपाली टोलीलाई प्लेनमा काठमाडौं ल्याउने हो भने ५ लाखजति खर्च हुने जनाइएको छ ।
यसका लागि एनसीएसएसका अध्यक्ष सिग्देल नेपाल दृष्टिविहीन टोलीका लजिस्टिक म्यानेजर निरोज गिरीसँग दैनिक सम्पर्कमा छन् । ‘गिरीले २० जनवरीमा प्लेन टिकट बनाउनुभयो भने यूएईबाट फर्किन्छु भन्नुभएको छ,’ सिग्देलले भने । सिग्देल नेपाली टोलीलाई यूएईबाटै प्लेनमा फर्काउने अभियान सार्थकता नजिक पुगेको बताउँछन् ।
‘अहिलेसम्म उठेको रकम नेपाली टोलीलाई काठमाडौं प्लेनमा ल्याउन अपुग छ, यो सातासम्म हाम्रो अभियानलक्षित रकममा पुग्ने विश्वास लिएको छु,’ सिग्देलले भने, ‘रकम बढी भए हामी त्यो विश्वकप खेलेको टोलीको सम्मानार्थ दिनेछौं ।’

एनसीएसएसको त्यो अभियानमा पारससहित पारस लुनिया, अमृत भट्टराई, विनोद दास, सुनील धमला, अनिल शाह, सन्दीप लामिछाने, सिद्धान्त लोहनी, रोहित पौडेल, प्रति जिसी, सोपमाल कामी, सोनु तामाङ, नीरा राजोपाध्याय, वीरेन्द्र शाह, विजयकुमार शर्मा, एलबी क्षेत्री, सन्जिव पाण्डे, दुर्गा पाठक, प्रशान्त मल्ल लगायत क्रिकेट सर्कलले आर्थिक सहयोग गरेका छन् ।

सांसद गगन थापासहित धनगढी क्रिकेट एकेडेमी, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, युनिभर्सिटी, थ्री स्टार क्लबलगायतका सहयोगी हातको साथमा एनसीएसएस नेपाल दृष्टिविहीन क्रिकेट टोलीलाई प्लेनमा यूएईबाट काठमाडौं ल्याउने अभियान नजिक पुगेको छ ।

प्रकाशित : पुस २८, २०७४ १०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT