१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौं र नेपालगन्ज विजयी

इटहरी — दोस्रो यू–१९ इटहरी प्रिमियर लिग क्रिकेटमा शुक्रबार पहिलो दिन काठमाडौं र नेपालगन्ज विजयी भएका छन् । 

काठमाडौं र नेपालगन्ज विजयी

इटहरी क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा काठमाडौंले विराटनगरलाइ ७ रनले हरायो । इटहरीस्थित डीभीएम स्कुलको पिचमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित १५ ओभरमध्ये एक बलअघि अलआउट हुँदै ८४ रन बनायो । म्यान अफ द म्याच अरुण ऐरीले २३ रन बनाउँदा अभ्यास थापा १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका मिनस थापाले ३ विकेट लिए ।

८५ रनको लक्ष्य पाएको विराटनगर १५ ओभरमा ५ विकेट गुमाई ७७ रनमा समेटियो । लव कामतले सर्वाधिक २२ रन बनाउँदा अंकित सुवेदीले २१ र मिनश थापाले १२ रन जोडे । बलिङमा काठमाडौंका पवन कार्कीले २ विकेट लिए ।

शुक्रबारै नेपालगन्जले भैरहवामाथि २२ रनको विजय पाएको छ । टस जितेको नेपालगन्जले २० ओभरमा ८३ रन बनायो । विनायक गिरीले सर्वाधिक ३२ र लव कुश यादवले १४ रन जोडे । भैरहवाका तुलबहादुर थापा र विकर्ण बस्नेतले २–२ विकेट लिए । जवाफी ब्याटिङमा भैरहवा १५.१ ओभरमै ६२ रनमा अलआउट भयो । सिजन मकाजुले १० रन बनाए । म्यान अफ द म्याच नेपालगन्जका लवकुश यादव घोषित भए ।

प्रकाशित : पुस २९, २०७४ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?