कञ्चनपुर र बारालाई ३–३ स्वर्ण

प्रताप विष्ट

हेटौडा — राखेप च्याम्पियनसिपको कुस्ती प्रतियोगितामा कञ्चनपुर र बारा जिल्लाले ३–३ स्वर्ण पदक जितेका छन् । कुल १५ स्वर्णका लागि भएको प्रतियोगितामा कञ्चनपुरले महिला ५३ केजी र ५८ केजी तथा पुरुष ७० केजीतर्फ स्वर्ण जितेको छ भने बाराले पुरुष ५७, ७४ र ८६ केजी तौलमा स्वर्ण जितेको हो । 

कञ्चनपुर र बारालाई ३–३ स्वर्ण

पर्सा र आर्मीले २–२ स्वर्ण जिते । डडेलधुरा, कैलाली, बाँके, झापा र सुनसरीले १–१ स्वर्ण जितेका छन् ।

महिला ४५ केजीमा आशाकुमारी खत्वेले स्वर्ण जितिन् । उनको तौलमा प्रतिस्पर्धी नै थिएन । ४८ केजीमा डडेल्धुराकी शिवानी देवुले सुनसरीकी राजकुमारी खत्रीलाई हराएर स्वर्ण जितिन् । झापाकी फुलमाया थाङसुहाङले कांस्य पदक थापिन् । ५३ केजीमा कञ्चनपुरकी माया लोहारले स्वर्ण, ललितपुरकी मेञ्जन तामाङले रजत र सुर्खेतकी अनु आमुराले कांस्य जितेका थिए ।

५७ केजीमा बाराका रामबाबु यादवले आर्मीका तिलक देउजालाई हराएर स्वर्ण जितेका थिए । सिरहाका रामदीक्षित यादव र पर्साका शिवमंगल यादवले कांस्य जिते । महिला ५८ केजीमा कञ्चनपुरकी संगीता धामीले स्वर्ण जित्दा आर्मीकी कल्पना बिकलाई हराइन् । ६० केजीको स्वर्ण आर्मीकी कविता पुनले जितिन् । उनले कैलालीकी नीला आहुजीलाई हराइन् ।

पुरुष ६१ केजीमा कैलालीका सन्तोष एसकेले स्वर्ण जिते । उनले फाइनलमा सिरहाका अमरनाथ यादवलाई हराए । महिला ६३ केजीको स्वर्ण आर्मीकी सुशीला चन्दले जितिन् । उनले बाँकेकी गंगा ओलीलाई हराइन् । पुरुष ६५ केजीको स्वर्ण पर्साका सरोज यादवले बाराका कृष्ण यादवलाई हराएर जिते ।

महिला ६९ केजीमा झापाकी सदीक्षा राईले स्वर्ण जितिन् । आफ्नो तौलमा उनी एक्ली प्रतिस्पर्धी थिइन् । पुरुष ७० केजीमा कञ्चनपुरका सुरेश चुनाराले स्वर्ण जित्दा सिराहाका वीरेन्द्रकुमार यादवलाई हराएका थिए । ७४ केजीको स्वर्ण बाराका मुख्तर आलमले जिते । उनले फाइनलमा पुलिसका विनोद सहनी हराए । ८६ केजीमा बाराका बुन्नीलाल राउत, ९७ केजीमा बाँकेका रमेश गोतामे र १२५ केजी तौलमा पर्साका राज यादवले स्वर्ण जिते । राजले महोत्तरीका जितेन्द्र यादवलाई हराए ।

प्रकाशित : पुस २९, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?